नेपाल चिकित्सक संघको निर्वाचन आचार संहिताका कारण स्थगित


काठमाडौँ- नेपाल चिकित्सक संघको निर्वाचन आगामी फागुन २१ गतेसम्म नहुने भएको छ। निर्वाचन आयोगले संघ संस्थाका चुनाव स्थगित गर्न निर्देशन दिएसँगै चिकित्सक संघको निर्वाचन पनि रोकिएको हो।

आयोगले शुक्रबार नेपाल चिकित्सक संघको निर्वाचनसहित नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सभागत चुनाव, नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा लगायत विभिन्न संघ संस्थाका कार्यक्रम स्थगित गर्न निर्देशन दिएको स्रोतले जनाएको छ। तर चिकित्सक संघको चुनाव समितिले यस बारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यस अघि उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतको उक्त आदेशपछि माघ २ र ३ गतेका लागि तय गरिएको निर्वाचन स्थगित गरिएको थियो।

निर्वाचन तालिका अनुसार चिकित्सक संघको उपत्यका बाहिर माघ २ र ३ गते तथा उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने कार्यक्रम सार्वजनिक गरिएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!