ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. रुद्र मरासिनी नियुक्त


काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री डा. सुधा शर्माले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. मरासिनीलाई उक्त जिम्मेवारी सुम्पेकी हुन्।

एघारौँ तहका डा. मरासिनी यस अघि पनि ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट रहि सकेका छन्। उनले आइतबार नै कार्यभार सम्हालेका छन्।

यस अघि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. बद्री रिजाल नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बने पछि पदबाट राजीनामा दिएका थिए।

डा. रिजालको राजीनामा पछि डा. मरासिनी ले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्दै आएका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!