चिकित्सक संघको निर्वाचन

डा. मङ्गल रावलको नेतृत्वमा प्रगतिशील समूहको चिकित्सक संघमा उम्मेदवारी दर्ता


काठमाडौं – प्रगतिशील समूहको तर्फबाट डा. मङ्गल रावलको नेतृत्वमा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारहरूले बुधबार मनोनयन पत्र दर्ता गराएका छन्।

समूहले अध्यक्ष पदमा डा. मङ्गल रावल लाई अघि सारेको छ। वरिष्ठ उपाध्यक्षमा डा. किर्तिपाल सुवेदी उम्मेदवार छन्। प्रदेशगत उपाध्यक्ष पद तर्फ कोशीमा डा. टङ्क बराकोटी, मधेशमा डा. उदय सिंह, बागमतीमा डा. अरुण शाही, लुम्बिनीमा डा. सन्तोष पोखरेल, गण्डकीमा डा. यज्ञराज सिग्देल, सुदूरपश्चिममा डा. निरज अर्याल र कर्णालीमा डा. रबिन खड्का उम्मेदवार बनेका छन्।

महासचिवमा डा. कालु सिंह खत्री र कोषाध्यक्षमा डा. चान्दनी जैसवालले उम्मेदवारी दिएका छन्। संयुक्त महासचिवमा डा. राम जीवन प्रसाद र संयुक्त कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन्।

सदस्य पदका लागि डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्ष्या बोहरा र डा. पल्पसा श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिका अनुसार नेपाल चिकित्सक संघका उम्मेदवारहरूको अन्तिम नामावली पुस ८ गते बेलुका ४ बजे प्रकाशन गरिने छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!