विवादपछि एमालेले सरकारी स्वास्थ्यकर्मी हटायो, डा. गौतम नेतृत्वमा नयाँ टिम


काठमाडौं – नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट चयन भएका प्रतिनिधि मध्ये बहालवाला सरकारी स्वास्थ्यकर्मी परेकाे खुले पछि पार्टी भित्र र बाहिर व्यापक आलोचना भएको थियो । विवाद उठे पछि उनीहरूलाई हटाई नयाँ प्रतिनिधि सूची पठाइएको छ।

महाधिवेशनका सात प्रतिनिधि मध्ये चार जना सरकारी तलब भोगी कर्मचारी परे पछि स्वास्थ्य मन्त्रालयमा समेत लगातार उजुरी परेको थियो ।

हटाइएका सूचीमा राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी रोग विशेषज्ञ डा. सन्तोष पौडेल, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्मा, बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रकी अमृता बराल र संसद सचिवालयमा काजमा रहेका भीमराज सिंह थिए ।

विवाद पछि एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सबै बहालवाला कर्मचारीको नाम हटाएर नयाँ प्रतिनिधि छनोट गरेको छ। महासंघका एक पदाधिकारीका अनुसार महाधिवेशनको आधिकारिक सूची सोमबार मात्रै पार्टीमा दर्ता भएको हो र पहिलेको सूची पार्टी प्रक्रियामा प्रवेश नै गरेको थिएन।

नयाँ प्रतिनिधिहरूमा डा. झलक शर्मा गौतमको नेतृत्व रहेको छ। १० औं तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गौतम २०७८ मा अवकास भएका हुन्। अन्य प्रतिनिधिमा सारदा खनाल, अनुप केसी, सिद्धप्रसाद ढुंगाना, सृजना पन्डित पहारी, राजकुमार पौडेल र ज्वाला शर्मा छन्। नयाँ सूचीमा चिकित्सक, नर्सिङ, जनस्वास्थ्य र परामेडिक समूह समेटिएको महासंघका एक पदाधिकारीले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!