वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण साहको निधन


काठमाडौँ – वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण साहको सोमबार मध्यान्ह निधन भएको छ । उनी ७७ वर्षका थिए। आइतबार बिहान स्वास्थ्य अवस्था बिग्रिए पछि उनलाई नयाँ बानेश्वर स्थित सिभिल अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन् । सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेदिक चिकित्सालयमा  काम गरेका डा. साह आयुर्वेद विभागका निमित्त निर्देशकको रूपमा समेत काम गरेका थिए। उनका छोरा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह हुन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!