ग्यास्ट्रोएन्टेरोलोजिस्ट्स सोसाइटीमा नयाँ कार्यसमिति, एकेडेमिक उन्नयन र जर्नल प्रकाशन प्राथमिकतामा
काठमाडौँ – नेपलीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिस्ट्सको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ। नवनिर्वाचित अध्यक्ष प्रा. डा. शशी शर्मा सहित कार्यसमितिले बुधबार आयोजित कार्यक्रममा जिम्मेवारी सम्हाले।
समारोहमा निवर्तमान अध्यक्ष प्रा. डा. रमिला श्रेष्ठ नेतृत्वको पूर्व कार्यसमितिले नयाँ टिमलाई पद हस्तान्तरण गर्यो। सोसाइटीमा अहिले हाल १६१ सदस्य छन्।
दुई वर्षका लागि गठन गरिएको कार्य समितिमा अध्यक्ष प्रा. डा. शशी शर्मा, उपाध्यक्ष प्रा. डा. भुपेन्द्र कुमार बस्नेत, महासचिव डा. राहुल पाठक, सह महासचिव डा. नन्दु सिलवाल पौडेल, कोषाध्यक्ष डा. विनोद कार्की र सह कोषाध्यक्ष डा. विवेक कुमार पूर्वे रहेका छन्।
सदस्यहरूमा डा. मोहन भुसाल, डा. कुमुद भट्टराई, डा. सन्दीप राज कुवर, डा. दीपक राज पाण्डे, डा. आध्याश्री कार्की र डा. संजित कार्की छन्।
एकेडेमिक उन्नयन र जर्नल प्रकाशन योजना
अध्यक्ष प्रा. डा. शर्मा ले आगामी दुई वर्षमा एकेडेमिक गतिविधि विस्तार गर्दै सोसाइटीको जर्नल प्रकाशन गर्ने योजना अघि बढाइने बताए। उनले ग्यास्ट्रोएन्टेरोलोजिस्ट सोसाईटी जस्तो उच्च विशेषज्ञता भएकाहरूको संस्थाहरू आम नागरिकसँग थप नजिक हुन आवश्यक रहेको उल्लेख गर्दै सो दिशामा विशेष पहल गरिने बताए।
सम्मान प्रदान
समारोहमा सोसाइटीले स्व. प्रा. डा. आईएल आचार्य, प्रा. डा. महेश खकुरेल सँगै ईश्वरलाल प्रतिष्ठानलाई सम्मान पत्र समेत प्रदान गर्यो।


प्रतिक्रिया दिनुहोस