दुई वर्ष बाँकी पदावधि बीच, डा.टंक बाराकोटी, महानिर्देशक स्वास्थ्य सेवा विभागको राजीनामा


काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत स्वास्थ्य अवस्था र पारिवारिक कारणलाई मुख्य कारण बताउँदै शुक्रबार आफ्नो राजीनामा पेश गरेका हुन्।

डा. बाराकोटीले भने, ‘स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको हुँ ।’ उनको नियमित पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै थियो । सरकारी सेवामा करिब २५ वर्ष बिताएका उनी बालरोग विशेषज्ञका रूपमा परिचित छन्।

गत फागुनमा उनले स्वास्थ्य सेवा विभागको नेतृत्व सम्हालेका थिए। अघिल्ला महानिर्देशक डा. विकास देवकोटा स्वास्थ्य सचिवमा बढुवा भएपछि मन्त्रालयले बाराकोटीलाई सो जिम्मेवारी दिएको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!