डा.पुकारचन्द्र श्रेष्ठलाई चिकित्सा पुरस्कार २०८२


बागलुङ – वरिष्ठ मृगौला र कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठलाई बागलुङमा आयोजित विशेष समारोहमा ‘डा. तरुण पौडेल चिकित्सा पुरस्कार २०८२’ प्रदान गरिएको छ।

बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठको प्रमुख आतिथ्य र वरिष्ठ साहित्यकार काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रममा डा. श्रेष्ठलाई नगद, दोसल्ला र फूलमाला सहित सम्मान गरिएको हो।

नेपाल सरकारको स्वास्थ्य सेवामा ३३ वर्ष योगदान दिँदै अंग प्रत्यारोपण क्षेत्रमा उल्लेखनीय काम गरेका डा. श्रेष्ठले नेपालमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा विभिन्न किर्तिमान कायम गर्नुको साथै अन्य उत्कृष्ट योगदानहरुको लागि यो सम्मान प्रदान गरिएको हो ।

उक्तकार्यक्रममा स्वास्थ्यकर्मी जानकी पुजारी, समाजसेवी अनुप सैजु र रेवती रमण पौडेल पनि सम्मानित भए। मेयर श्रेष्ठले बागलुङबाट योगदान दिने व्यक्तिहरूलाई भविष्यमा पनि निरन्तर सम्मान गरिने बताए ।

त्यसै गरी, डा. श्रेष्ठले अध्ययन गरेको विद्यामन्दिर माध्यमिक विद्यालयले पनि उहाँ र उनकी धर्मपत्नी नबिना श्रेष्ठलाई विशेष स्वागत गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा डा.पुकारले आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै विद्यालयका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नबिना श्रेष्ठले गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याउँदै विद्यालयको प्रगति प्रति प्रशंसा गरिन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!