नव नियुक्त चार मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको सिफारिस अन्तिम समयमा स्थगित

काठमाडौं – चार नवनियुक्त मन्त्रीले सोमबार राष्ट्रपति निवास शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेका छन्।
यस अघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्राको नाम स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरिएको थियो। तर अन्तिम समयमा आएर सो सिफारिस स्थगित गरिएको छ।
शपथ लिनेहरू मध्ये पूर्व न्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पत्रकार जगदिश खरेललाई सञ्चार तथा सूचना मन्त्रालय र विज्ञ मदन परियारलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ।
प्रधानमन्त्री सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। हाल सम्म प्रधानमन्त्री सहित उनको मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ। कार्कीले सुरु .देखि नै मन्त्रि परिषद् ११–१२ सदस्यभन्दा बढी नहुने र यसलाई सानो तर प्रभावकारी बनाइने बताउँदै आएकी छिन्।
प्रतिक्रिया दिनुहोस