अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा फर्किने


काठमाडौं – स्वास्थ्य मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रले लामो समय सम्मको कानुनी संघर्ष पछि पुनः आफ्नो पेशागत जिम्मेवारीमा फर्किने जनाएकी छिन । उनले सामाजिक सञ्जाल मार्फत् स्टाटस लेख्दै विगत केही महिनामा न्याय संगत रुपमा स्वास्थ्य सचिवको रूपमा पाउनु पर्ने प्रमोशन रोकिएको कारण आफू अन्यायको विरुद्ध लड्न बाध्य भएको उल्लेख गरेकी छन्।

डा. मिश्रका अनुसार, यो संघर्षले व्यक्तिगत कठिनाइ मात्र नभई प्रणाली भित्रको निष्पक्षता र नैतिकता माथि पनि गम्भीर प्रश्न उठाएको छ। तर अहिले मुलुक सहित स्वास्थ्य मन्त्रालयमा देखिएको संकटले उनलाई आफ्नो पेशागत दायित्व र समाज प्रतिको उत्तरदायित्व बारे पुनर्विचार गर्न बाध्य बनाएको बताएकी छन्।

‘मन्त्रालय र स्वास्थ्य प्रणालीप्रतिको मेरो प्रतिबद्धता अझै दृढ छ। त्यसैले पुनः समाज र राष्ट्रलाई सेवा गर्ने संकल्प सहित म आफ्नो जिम्मेवारीमा फर्किएको छु,’  स्टाटसमा डा. मिश्रले लेखेकी छन । उनले न्यायका लागि कानुनी र सिद्धान्त सम्मत बाटोबाट निरन्तर लडि रहने पनि स्पष्ट गरेकी छन्।

साथै, उनले यो कठिन समयमा साथ र समर्थन गर्ने परिवार, साथी तथा सहकर्मीप्रति आभार व्यक्त गरेकी छन्। ‘राष्ट्रिय हितलाई प्राथमिकता दिँदै संकटको बेला कार्यमा फर्कने मेरो निर्णयलाई उनीहरूले समर्थन गर्ने विश्वास लिएको छु,’ उनले भनेकी छन ।

डा. मिश्रले स्वास्थ्य प्रणालीलाई न्यायपूर्ण, उत्तरदायी र पारदर्शी बनाउन विनम्रता, सम्मान र पारदर्शिता का आधारमा मिलेर काम गर्न सबैलाई आह्वान गरेकी छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!