औषधी व्यवस्था विभागका सम्पूर्ण सेवा पुनः सुचारु, फार्मेसी नवीकरण अब अनलाइन मार्फत

काठमाडौं – औषधी व्यवस्था विभागले आन्दोलनका क्रममा कार्यालय भवनमा भएको क्षति र विषम परिस्थितिका कारण केही समय अवरुद्ध भएको सेवा आइतबार देखि पुनः सुचारु भएको जनाएको छ।
विभागले सार्वजनिक गरेको सूचनामा विभाग र यस अन्तर्गतका कार्यालय तथा राष्ट्रिय औषधि प्रयोगशालाबाट हुने सम्पूर्ण सेवा यथावत रूपमा सञ्चालनमा आएको स्पष्ट गरिएको छ।
सूचनामा हालको अवस्थालाई ध्यानमा राख्दै फार्मेसी (थोक तथा खुद्रा) को नवीकरणका लागि अनलाइन मार्फत आवेदन लिई आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। विभागले सरोकारवाला निकाय र सेवाग्राहीलाई आफ्नो कामकाज सहज रूपमा अघि बढाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस