२३ औं सत्याग्रह तोडे पछि डा. गोविन्द केसी अस्पतालमा भर्ना


धनगढी – तीन दिन देखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिए पछि मंगलबार दिउँसो उनले सत्याग्रह तोडेका छन्।

ग्लुकोजको मात्रा खतरनाक रूपमा २५ मा झरे पछि चिकित्सकहरूले तत्काल सत्याग्रह अन्त्य गर्न आग्रह गरेका थिए। डा.केसीको इसिजी रिपोर्टमा पनि परिवर्तनहरू देखिन थालिएको थियो। त्यस पछि उनलाई गेटा अस्पतालमा भर्ना गरिएको डा. अमृत जैशीले नेपालहेल्थप्रेसलाई बताए। उनका अनुसार केही दिन अस्पतालमै राखेर उपचार गर्ने तयारी गरिएको छ।

डा. केसीलाई रिँगटा लाग्ने, मांसपेशी आकस्मिक रूपमा बाउँडिने र मुटुको चाल असामान्य हुने जस्ता समस्या देखिएका छन। उनले कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीको हातबाट जुस पिएर आफ्नो २३औं सत्याग्रह तोडेका हुन् ।

यो पनि पढ्नुस् :डा. गोविन्द केसी ले सुरु गरे सत्याग्रह, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता मुख्य माग


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!