नेप्लिज सोसाईटी फर प्राइमरी केयर को ‘एनसीडी लिड’ राष्ट्रिय सल्लाहकार समिति गठन


काठमाडौं – नेप्लिज सोसाईटी फर प्राइमरी केयर  (एनएसपिसी) ले आफ्नो महत्वाकांक्षी परियोजना ‘एनसीडी लिड : लिडरसिप इन नन कम्युनिकेबल डिजिज’ अन्तर्गत राष्ट्रिय सल्लाहकार समिति गठन गरेको छ।

परियोजना प्रमुख डा. हुलास अग्रवालले सल्लाहकार समितिको अनावरण कार्यक्रममा बोल्दै भने, ‘यो केवल कार्यक्रम होइन, यो नसर्ने रोग विरुद्धको एक राष्ट्रिय आन्दोलन हो। भविष्य का चिकित्सकहरूलाई नसर्ने रोग सम्बन्धी ज्ञान दिएर उनीहरूलाई रोकथाम, जनचेतना, नीति निर्माण र अनुसन्धानमा सहभागी गराउने हाम्रो लक्ष्य हो।’

उनका अनुसार समितिमा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान गरेका विज्ञहरूलाई समावेश गरिएको छ। पहिलो चरणमा सार्वजनिक गरिएको सल्लाहकार सूचीमा डा. लोचन कार्की, डा. विक्रान्त ढकाल, डा. कृष्णकुमार अग्रवाल, डा. प्रणिल मान सिंह प्रधान, डा. अनिल विक्रम कार्की, डा. कुन्जाङ शेर्पा र डा. पार्थ गुरागाईं रहेका छन्।

डा. अग्रवालले समितिलाई अझ प्रभावकारी बनाउन आगामी दिनहरूमा थप दूरदर्शी  सदस्यहरू समावेश गरिने उल्लेख गर्दै यस अभियानले राष्ट्रव्यापी आन्दोलनको स्वरूप लिने विश्वास व्यक्त गरे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!