एपोलो अस्पतालद्वारा ग्यास्ट्रो र न्यूरोलोजी उपचारका नयाँ आयाम प्रस्तुत


काठमाडौँ – भारतको नयाँ दिल्ली स्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका विशेषज्ञहरूले ग्यास्ट्रोएन्टेरोलोजी र न्यूरोलोजी क्षेत्रमा भएका नवीनतम प्रविधि र उपचार पद्धति बारे जानकारी दिएका छन ।

कार्यक्रममा अस्पतालका वरिष्ठ विशेषज्ञहरू डा. सञ्जय सिक्का (ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी) र डा. पीएन रेञ्जन (न्यूरोलोजी) ले आफ्नो आफ्नो क्षेत्रमा भएका नवीनतम उपलब्धि तथा उपचार प्रविधि बारे प्रष्ट पारे।

डा. सिक्काले पाचन प्रणाली, कलेजो र अग्न्याशय सम्बन्धी रोगहरूको पहिचान तथा उपचारमा भएका नयाँ प्रविधि प्रस्तुत गर्दै भने, ‘हाम्रो ध्यान बिशुद्ध निदान, अत्याधुनिक थेराप्युटिक एन्डोस्कोपी र व्यक्तिगत उपचारमा केन्द्रित छ।’

उनले उच्च प्रविधि युक्त डायग्नोस्टिक र थेराप्युटिक एन्डोस्कोपी, क्याप्सुल एन्डोस्कोपी, इसोफेजियल पीएच मोनिटरिङ, म्यानोमेट्री, साथै जटिल प्रक्रिया जस्तै इआरसीपी, इयुएस, इएमआर, इएसडी र इएचएल  लगायतका प्रविधि उपयोगमा रहेको जानकारी दिए।

त्यस्तै, स्पाईग्लास कोलाङ्जियोस्कोपी, प्यान्क्रियाटोस्कोपी, पर्सनल इन्डोस्कोपिक मायोटोमी , लिभर क्लिनिक र ट्रान्सप्लान्ट सपोर्ट, साथै सोही दिन उपचार हुने ‘एन्डोस्कोपिक सूट’ सेवा उपलब्ध भएको पनि उनले बताए।

न्यूरोलोजी विभाग तर्फ डा. रेञ्जनले स्ट्रोक, एपिलेप्सी, मुभमेन्ट डिसअर्डर, मल्टिपल स्क्लेरोसिस र न्यूरोमस्क्युलर रोगको पहिचान तथा उपचारमा प्रयोग हुने प्रविधि बारे जानकारी गराए। उनले न्यूरोइमेजिङ, इलेक्ट्रोफिजियोलोजिकल परीक्षण र न्यून आक्रामक न्यूरोसर्जरी जस्ता प्रविधिले रोगीलाई अत्याधुनिक उपचार उपलब्ध गराइरहेको बताए। ‘समयमै गरिएको उपचार र सही प्रविधिको प्रयोगले रोगीको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सक्छ,’ उनले भने ।

पत्रकार सम्मेलनले काठमाडौँको चिकित्सक समुदाय र सञ्चार माध्यम लाई भारतका अनुभवी विशेषज्ञहरूद्वारा प्रयोगमा ल्याइएका अत्याधुनिक उपचार प्रविधि र रणनीति नजिक बाट बुझ्ने अवसर दिएको थियो।

दिल्ली सरकार र एपोलो हस्पिटल्स इन्टरप्राइज लिमिटेडको संयुक्त लगानीमा स्थापित इन्द्रप्रस्थ एपोलो अस्पताल भारतको पहिलो जेसिआइ मान्यता प्राप्त अस्पताल हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!