नेपाल फार्मेसी परिषदको चेतावनी : अस्पतालमै कार्यरत फार्मासिष्टले निजी फार्मेसी चलाउन नपाइने


काठमाडौँ- नेपाल फार्मेसी परिषदले दर्तावाला फार्मासिष्ट तथा फार्मेसी सहायकहरूलाई कानूनी प्रावधान विपरीत गतिविधि नगर्न चेतावनी दिएको छ।

परिषदका अनुसार हाल परिषदमा प्राप्त विभिन्न जनगुनासो अनुसार केही फार्मासिष्ट तथा फार्मेसी सहायकहरू सरकारी अस्पताल फार्मेसीमा पूर्णकालिक रूपमा कार्यरत रहँदै आफ्नो दर्ता प्रमाणपत्र प्रयोग गरी निजी फार्मेसी दर्ता गरी सञ्चालन गर्दै आएको पाइिएको छ।

परिषदले यस्ता गतिविधि नेपाल फार्मेसी परिषद् ऐन, २०५७ तथा परिषद् नियमावली, २०५९ को प्रावधान र व्यावसायिक आचार संहिताको स्पष्ट उल्लंघन भएको जनाएको छ।

परिषदका रजिष्ट्रार सञ्जीव कुमार पाण्डेका अनुसार सम्बन्धित सबै पक्षलाई यस्ता कार्य तुरुन्त बन्द गर्न र नगराउन आग्रह गरिएको छ।

त्यसै गरी, परिषदले व्यावसायिक आचार संहिता विपरीत कुनै पनि गतिविधि भएमा त्यस सम्बन्धी उजुरी [email protected] मा पठाउन सरोकारवाला लाई आग्रह गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!