सञ्चारकर्मीका लागि ध्यान र योग आवश्यक, स्वास्थ्य पत्रकारले पाए ‘ह्याप्पीनेश कोर्ष’ प्रशिक्षण’


काठमाडौँ – स्वास्थ्य पत्रकारका लागि आर्ट अफ लिभिङ फाउण्डेशनले सञ्चालन गरेको तीन दिने ‘ह्याप्पीनेश कोर्ष’ शनिबार सम्पन्न भएको छ।

कोर्षमा २५ जना स्वास्थ्य पत्रकार सहभागी भएका थिए। आर्ट अफ लिभिङ नेपालका महासचिव तथा यतिकेम डिस्ट्रीब्युटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यको विशेष संयोजनमा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षक रितिका लोहिया र शरद भेषवाकरले प्रशिक्षण दिएका थिए।

समापन समारोहमा वैद्यले तनावपूर्ण जीवन शैलीमा संलग्न सञ्चारकर्मीका लागि ध्यान र योग अपरिहार्य रहेको बताउँदै यस कोर्षले मानसिक उर्जा र सकारात्मक सोच विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशिक्षक लोहियाले श्री श्री रवि शंकरले प्रतिपादन गरेको ‘सुदर्शन क्रिया’ सहितको यस ध्यान विधिले सोच, व्यवहार र दृष्टिकोणमा परिवर्तन ल्याउने उल्लेख गर्दै स्वास्थ्य पत्रकारहरुलाई लक्षित कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!