डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया निर्देशक डा.साइमा वाजेद अनिश्चितकालीन बिदामा


नयाँ दिल्ली (ब्युरो) – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नयाँ दिल्ली स्थित दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय (सिएरो) की क्षेत्रीय निर्देशक एवं बङ्गलादेश की पूर्व प्रधानमन्त्री शेख हसिना कि छोरी डा. साइमा वाजेद पुतुललाई  अनिश्चित कालीन बिदामा पठाइएको छ। उनलाई जुलाई ११ तारिख देखि बिदामा राखिएको हो।

हेल्थ पॉलिसी वाचका अनुसार यो निर्णय बङ्गलादेशको भ्रष्टाचार नियन्त्रण आयोग (एसीसी) ले साइमा विरुद्ध ठगी, कागजात किर्ते र पदको दुरुपयोग सम्बन्धी मुद्दा दर्ता गरेको करिब चार महिना पछि आएको हो।

बङ्गलादेशको तर्फबाट प्रतिक्रिया दिँदै अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका प्रेस सचिव सफिकुल आलमले यस कदमलाई ‘जवाफदेहिता तर्फको महत्वपूर्ण पहिलो कदम’ बताएका छन्। उनले भनेका छन्, ‘हामी दृढतापूर्वक विश्वास गर्छौं कि साइमा वाजेदलाई पदबाट हटाउनु, सबै विशेषाधिकारहरू खारेज गर्नु र संस्थाको मर्यादा र संयुक्त राष्ट्र प्रणालीको विश्वसनीयता पुनःस्थापित गर्नु आवश्यक छ।’

मिडीया रिपोर्ट अनुसार डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयससले संस्था भित्र एउटा आन्तरिक इमेल पठाएर साइमा वाजेदलाई बिदामा पठाइएको जानकारी दिएका छन्। सो मेल अनुसार, अब डब्ल्यूएचओकी सहायक निर्देशक क्याथरिना बोहेम कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्ने छिन्। उनी आगामी जुलाई १५ मा नयाँ दिल्लीस्थित सिएरो  सिएरो कार्यालय पुग्ने बताइएको छ।

यस अघि, बङ्गलादेशको भ्रष्टाचार आयोगले साइमाको शैक्षिक योग्यता माथि प्रश्न उठाउँदै उनी उच्च पदको दौडमा रहँदा प्रभाव प्रयोग गरिएको आरोप लगाएको थियो। आयोगले साइमाले क्षेत्रीय निर्देशकको पद प्राप्त गर्न आमाको राजनीतिक हैसियतको दुरुपयोग गरेको दाबी गरेको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!