स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सरोज ढुङ्गेल सम्मानित


काठमाडौँ — पाँचौँ सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट गोरखापत्र दैनिकका स्वास्थ्य संवाददाता सरोज ढुङ्गेल सम्मानित भएका छन्।

शारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित सो पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ रहेको छ।

स्वर्गीय पत्रकार सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिका अवसरमा शनिबार आयोजित विशेष समारोहमा प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी, फाउण्डेशनकी अध्यक्ष डा. सुधा देवकोटा लगायतले ढुङ्गेललाई सम्मान प्रदान गरेका हुन्।

डेढ दशकभन्दा बढी समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय रहँदै आएका ढुङ्गेल हाल गोरखापत्र दैनिकमा कार्यरत छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!