अनुसन्धान

शल्यक्रिया सँगै हाइपेक कीमोथेरेपीले पाठेघरको क्यान्सर भएकाहरूको आयु बढाउने : एम्सको अध्ययन


नयाँ दिल्ली (ब्युरो)— एडभान्स स्टेजको पाठेघर को क्यान्सर भएका महिलाहरूमा शल्य क्रिया सँग हाइपेक (हाइपरथर्मिक इन्ट्रापेरिटोनियल कीमोथेरेपी) दिने उपचार विधि परम्परागत उपचारको तुलनामा बढी प्रभावकारी देखिएको छ।

भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अन्तर्गतको क्यान्सर केन्द्र, इन्स्टिच्युट रोटरी क्यान्सर हस्पिटल (आइआरसीएच) मा गरिएको एक अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो।

वर्ल्ड जर्नल अफ सर्जिकल अन्कोलोजी मा प्रकाशित चार सय महिला माथिको यो अध्ययन आइआरसीएच का सर्जिकल अन्कोलोजी विभागका प्रा. डा. एम.डी. रे को नेतृत्वमा गरिएको हो । अध्ययनमा ओभेरियन (पाठेघर) क्यान्सर भएकी ४०० महिला सहभागी थिए। ती मध्ये अधिकांश एडभान्स स्टेज (तेस्रो वा चौथो) मा रहेका थिए।

अध्ययनमा सहभागी महिलाहरूको औसत उमेर ५२ वर्ष थियो, यद्यपि उनीहरूको उमेर १९ देखि ७० वर्ष सम्मको थियो। अध्ययन अनुसार, ५६.५% महिलालाई शल्यक्रिया सँगै हाइपेक कीमोथेरेपी दिइएको थियो भने २४.५ % ले मात्र सर्जरी गराएका थिए। बाँकीले सामान्य कीमोथेरेपी पछि शल्यक्रिया गराएका थिए वा ट्युमर दोहोरिए पछि दोस्रो पटक सर्जरी गराएका थिए।

ओभेरियन क्यान्सर महिलाहरूमा हुने तेस्रो प्रमुख क्यान्सर हो। सर्वाइकल र स्तन क्यान्सर पछि यसको दर उच्च छ र यो समस्या दिन प्रतिदिन बढ्दो छ।

हाइपेकको प्रभाव : जीवनमा थप २.५ वर्ष

हाइपेक सहित उपचार गराइएका महिलाहरूको औसत जीवन प्रत्याशा ७२.१ महिना (झण्डै ६ वर्ष) रहेको पाइएको छ। केवल सर्जरी गराइएकाहरू को औसत जीवन प्रत्याशा ४३.३ महिना (झण्डै ३ वर्ष ७ महिना) मात्र रहेको थियो।

यसरी हेर्दा हाइपेक कीमो थेरेपीले महिलाहरूको जीवन झण्डै २९ महिना (२.५ वर्ष) थपिएको देखिन्छ। साथै, उपचार पछि रोग मुक्त रहने अवधिमा पनि उल्लेखनीय अन्तर देखिएको छ। हाइपेक उपचार गरिएकाहरू ३४.३ महिना रोग मुक्त रहँदा, केवल सर्जरी गरिएकाहरू २२.३ महिना मात्र रोग मुक्त रहे।

एम्स  को यो अध्ययनले एडभान्स स्टेजको ओभेरियन क्यान्सर उपचारमा सर्जरी सँगै हाइपेक कीमोथेरेपी निकै प्रभावकारी हुन सक्ने देखाएको छ। यो प्रविधिबाट पीडित महिलाहरूको जीवन गुणस्तर र आयुमा उल्लेखनीय सुधार आउने देखिएको छ।

हाइपेक कीमोथेरेपी के हो? 

डाक्टरहरूका अनुसार हाइपेक एक विशेष प्रकारको कीमोथेरेपी हो जुन पेट सम्बन्धी क्यान्सरको उपचारमा प्रयोग गरिन्छ। सर्जरीका क्रममा बिरामीको पेट भित्रै करिब ३० डिग्री सेल्सियस तापक्रमको गर्म कीमो औषधि प्रवाहित गरिन्छ। यस बाट बाँकी रहेका क्यान्सर कोशिकाहरू नष्ट हुन्छन् र क्यान्सर पुनः हुने सम्भावना कम हुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!