नेपालमै पहिलो पटक पुरुष लाई शल्यक्रिया ले यौन आनन्द लिन सक्ने महिला बनाइयो


काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा नेपाल मै पहिलो पटक सफलतापूर्वक यौन आनन्द लिन सक्ने क्षमता सहितको ‘सेक्स परिवर्तन शल्यक्रिया’ सम्पन्न भएको छ ।  अस्पतालको प्लाष्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गते सम्म लिङ्ग पुष्टि गर्ने (यौन फरिवर्तन) शल्यक्रिया अन्तर्गत अनुहार तथा स्तन सम्बन्धी शल्यत्रिया सँगै नेपालमै पहिलो पटक यौन परिवर्तन शल्यक्रिया (पुरुप बाट महिला) सम्पन्न गरेको छ ।

जनकफुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा गरिएको यस शल्यत्रियामा पुरुष जननाङ्गका तन्तुहरूको उपयोग गरेर महिलाको जैविक जनन अङ्ग पुनर्निर्माण गरिएको हो ।

‘यौन कृयाकलाप, यौन सम्वेदनाको लागि क्लिटरिस अर्थात योनि अंकुर वा भगांगुरको खण्ड पनि निर्माण गरिएको प्लाष्टिक सर्जरी विभागका प्रमृुख र यो शल्यक्रियाको संयोजक प्रा.डा.जयन मान श्रेष्ठले नेपालहेल्थप्रेसलाइ बताए ।

‘शल्यक्रिया गर्दा पुरुषको लिंगको टुप्पो मा हुने मसिनो नसाहरु समेत हामीले जोगाएर राख्यौ काटेर फालेनौं’, डा.श्रेष्ठले भने–‘महिला बनाए पछि यो नसाहरुलाई जोगाएर योनी निर्माण शल्य क्रिया गर्दा सम्वेदनाको लागि महत्वपुर्ण नसाहरु राखेर भगांकुर निर्माण गरियो, जसले गर्दा उहाँ महिला जस्तै यौन आनन्दको सम्वेदना प्राफ्त गर्न सक्नु हुन्छ ।’

यो शल्यक्रियामा मा ती २५ वर्षे युवा लाई कम गहिरो नली (योनी जस्तै) निर्माण गरिएको छ । यस शल्यत्रिया मार्फत ती व्यक्तिले आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको समेत डा.श्रेष्ठले बताए ।

शल्यक्रिया अमेरिकी प्लास्टिक सर्जन डा. अलिरेजा हमिदियन जह्रोमीको नेतृत्वमा तथा विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।  शल्यक्रिया टिममा प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला लगायत रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा र डा. अस्बिन को सहभागिता रहेको थियो । शल्यक्रिया मा एनेस्थेसिया विभागबाट डा. मेघा कोइराला र डा. पंकज जोशीको टिमले सहयोग पुर्याएका थिए।

डा. श्रेष्ठका अनुसार अब देखि शिक्षण अस्पतालमा लिङ्ग पुष्टि गर्ने यस्ता सेवा नियमित रूपमा उफलब्ध गराइनेछ । ट्रान्सजेन्डर व्यक्तिहरूका लागि यो शल्यत्रिया आफ्नो पहिचानको पुष्टि गर्ने एक महत्वपूर्ण उपाय हो । यद्यपि सबै ट्रान्सजेन्डर व्यक्तिले यो प्रक्रिया आवश्यक ठान्दैनन्, कतिपयलाई भने यसले सम्पूर्ण लैङ्गिक परिवर्तनको अनुभूति दिलाउने विश्वास रहेको छ ।

यस अघि यस्तो प्रकारको सेवा नेपालमा उपलब्ध नभएकाले धेरै ट्रान्सजेन्डर व्यक्तिहरू विदेशमा महगो खर्चमा जान बाध्य थिए। अब शिक्षण अस्पतालमा यो सेवा सुरु भएपछि सो समुदायका लागि ठूलो राहत मिल्ने छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!