अनुसन्धान

धूम्रपानले ले फ्लु सङ्क्रमण घातक बनाउन सक्छ


फ्लु (इन्फ्लुएन्जा अर्थात् शीतज्वर, चीसोले गर्दा आउने ज्वरो, रुघा) हुँदा चुरोट पिउनाले इन्फ्लुएन्जा ए भाइरसको सङ्क्रमण लाई झन् घातक बनाउन सक्ने एक अनुसन्धानले देखाएको छ । यो अनुसन्धान अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजी (एएसएम) को जर्नल ‘एमसिस्टम’ मा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूले चुरोटको धूवाँ र घाटीको माइक्रोबायोटा संरचनाको अवरोध बीचको सम्बन्ध पत्ता लगाएका छन् । यसमा भनिएको छ की चुरोट पिउनाले घाटीको माइक्रोबायोटामा परिवर्तन हुन सक्छ । माइक्रोबायोटा सूक्ष्म जीवहरूको समुदाय हो जो शरीरको एक विशेष वातावरणमा उपस्थित रहन्छ ।

युनिभर्सिटी अफ बर्नका अनुसन्धान कर्ताहरूले मुसाको एक मोडेलमा यस बारे अध्ययन गरेका थिए । उनीहरूले मुसालाई चुरोटको धूवाँको सम्पर्कमा राख्दा गट (आन्द्रा) र घाटीको माइक्रोबायोटा परिवर्तन हुने पत्ता लगाए ।

इन्स्टिच्युट अफ इन्फेक्सियस डिजीज, युनिभर्सिटी अफ बर्न, स्विट्जरल्याण्ड का एसोसिएट प्रोफेसर मार्कस हिल्टीले धूम्रपान गर्ने व्यक्तिको माइक्रोबायोटाले श्वास प्रश्वास सम्बन्धी रोग मा असर गर्न सक्ने बताए । यसले भाइरल सङ्क्रमणलाई पनि प्रभावित गर्छ । यसबाट फैलिने फ्लूले लामो समय सम्म समस्यामा पार्न सक्छ ।

टोलीले चुरोटको धूवाँ को सम्पर्कमा केही मुसाहरूलाई राख्यो र फेरी तिनिहरू लाई स्वस्थ मुसाको सम्पर्कमा राख्यो । जसले उनीहरूको माइक्रोबायोटामा परिवर्तन पाइयो र उनीहरू जब इन्फ्लुएन्जा ए भाइरसबाट सङ्क्रमित हुँदा रोगको स्तर झन् गम्भीर थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!