विश्व स्वास्थ्य संगठनको प्रतिवेदन

एक वर्षमा विश्वमा दादुराका बिरामी ८८ प्रतिशतले बढे


विश्वमा दादुरा को केसहरूमा सन् २०२२ को तुलनामा सन २०२३ मा ८८ प्रतिशतले उल्लेखनीय वृद्धि भएको भयो । दादुराका केसहरू सन् २०२२ मा १.७१ लाख बाट बढेर सन २०२३ मा झन्डै दोबर अर्थात् ३.२१ लाख पुग्यो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसै साता सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य बाहिर आएको हो । बार्सिलोनामा भएको इएससिएमआइडी ग्लोबल काँग्रेसमा अनुसन्धान प्रस्तुत गर्ने डब्लुएचओ का प्याट्रिक ओ कोनरले दादुराका केसहरू बढ्नु को प्रमुख कारण कोभिड–१९ महामारीको समयमा खोपको कमी रहेको बताए ।

दादुरा र रुबेला उन्मूलनमा विगत एक दशकमा राम्रो प्रगति समेत भएको उनले बताए । दादुरा भाइरस अत्याधिक सङ्क्रामक छ र खोपमा ढिलाइले यसको फैलावटको लागि सम्भावित जोखिम निम्त्याउँछ । यस्तो अवस्थामा, खोप धेरै महत्वपूर्ण छ तर यो एक समान हुनु धेरै महत्वपूर्ण छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!