अनुसन्धान

चार घण्टा शारीरिक क्रियाकलाप र आठ घण्टा सुत्नु, स्वास्थ्यका लागि राम्रो


हालैको एक अनुसन्धानमा चार घण्टा भन्दा बढी शारीरिक गतिविधि र कम्तीमा आठ घण्टा सुत्नु लाई राम्रो स्वास्थ्यको लागि उपयुक्त अवस्थाको रूपमा वर्णन गरिएको छ । शारीरिक गतिविधिमा हल्का, मध्यम वा तीव्र व्यायाम समावेश छ ।

अनुसन्धान टोलीले आदर्श दैनिक दिनचर्यामा छ घण्टा बस्ने र पाँच घण्टा उभिनु समेत समावेश हुनु पर्ने बताए । अनुसन्धान कर्ताहरूको निष्कर्ष डाइबेटोलजी जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूका अनुसार हलुका गतिविधि, घरको काम गर्ने देखि लिएर खाना पकाउने सम्मको दायरा हुन सक्छ, जबकी मध्यम र तीव्र व्यायाममा छिटो हिँड्ने अथवा जिममा कसरत जस्ता गतिविधिहरू समावेश हुन्छन् ।

स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, अस्ट्रेलियाका अनुसन्धान कर्ताहरूको नेतृत्वमा अन्तर्राष्ट्रिय टोलीले २४ घण्टाभित्र २ हजारभन्दा बढी व्यक्तिको व्यवहार विश्लेषण गरी राम्रो स्वास्थ्यका लागि बस्ने, सुत्ने, उभिने र शारीरिक रूपमा सक्रिय रहने समयको सही मिश्रण निर्धारण गरेको थियो ।

स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीको सेन्टर फर अर्बन ट्रान्जिसनका क्रिश्चियन ब्रेकनरिजले भने कि ब्रेकडाउन स्वास्थ्य मार्करहरूको एक विस्तृत शृंखला लाई समावेश गर्नु थियो ।

अनुसन्धानको प्रमुख लेखक ब्रेकेनरिजले भने की विभिन्न मार्करहरुको लागि कम्मरको परिधिदेखि लिएर फास्टिङ्ग ग्लुकोज सम्म प्रत्येक व्यवहारका लागि फरक फरक स्तर हुन्छ ।

अनुसन्धान टोलीले व्यायामको अवधि १० घण्टा भन्दा बढी नहुने सुझाव दिएको छ । यसलाई निन्द्रामा कटौती गरेर गर्नु हुँदैन । दुवैको सन्तुलन आवश्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!