‘मल्टिपल स्क्लेरोसिस का बिरामीको समस्या, गहुँ बाट बनेको चीज खादा बढ्न सक्छ’


गहुँ बाट बनेको चीज खादा मल्टिपल स्क्लेरोसिस (एमएस) रोगीको समस्या बढ्न सक्छ । यो केन्द्रीय स्नायु प्रणाली सँग सम्बन्धित एक अटोइम्युन रोग हो ।

यसमा, शरीरको प्रतिरक्षा प्रणालीले स्वस्थ स्नायु कोशिकाहरूलाई लक्षित गर्न थाल्छ, जसले गर्दा कोशिकाहरू को मृत्यु हुन थाल्छ । हाल विश्वमा २८ लाख मानिस यो गम्भीर रोगबाट पीडित छन् । यो द्रुत गतिमा बढिरहेको छ । यो संख्या विशेष गरी युवा र महिलामा बढी छ ।

यो जानकारी एउटा नयाँ अनुसन्धानमा वाट आएको छ । यो अनुसन्धान ‘गट एण्ड थेरेप्युटिक एडभान्स इन न्युरोलोजी डिस अर्डर’ जर्नलमा प्रकाशित छ ।

अनुसन्धानले देखाएको छ कि गहुँ मा पाइने प्राकृतिक प्रोटिन ट्रिप्सिन इनहिबिटर्स (एटीआई) ले सुन्निने सम्बन्धी समस्या लाई तीव्र पार्छ । यस कारण, अस्थायी रूपमा महसुस गर्ने क्षमता, हेर्ने क्षमता प्रभावित हुन सक्छ । यसबाहेक पक्षाघात हुने जोखिम पनि हुन्छ ।

एटीआई प्रोटिन प्राकृतिक रूपमा गहुँ, जौ आदिमा पाइन्छ । यो प्रोटिन लाई पचाउनु सजिलो छैन । यसले आन्द्रामा गएर सुन्निने सम्बन्धी प्रतिक्रिया गर्छ । जर्मनीको युनिभर्सिटी मेडिकल सेन्टर मेन्जका अनुसन्धान कर्ताहरूको अनुसार यो रगतको माध्यमबाट अन्य भागमा पुग्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!