डिप्रेसनमा विक्रम योग प्रभावकारी


ध्यान, व्यायाम, योग र सन्तुलित जीवन शैली आदि डिप्रेसन (उदासी रोग) सँग लड्न प्रभावकारी मानिन्छ । अब डिप्रेसन बाट पीडित व्यक्तिहरूमा गरिएको क्लिनिकल ट्रायलमा तुलनात्मक रूपमा उच्च तापक्रम भएको कोठामा योगासन (विक्रम योग) गर्दा यसका लक्षणमा नियन्त्रण पाउन मद्दत पुग्ने देखिएको छ ।

जर्नल अफ क्लिनिकल साइकियाट्री मा प्रकाशित यो प्रतिवेदन अनुसार यस प्रकारको योग डिप्रेसनको उपचारमा प्रभावकारी साबित हुन सक्छ । अध्ययन अनुसार विक्रम योग गर्ने ५९.३ प्रतिशत मानिसमा डिप्रेसनको लक्षण ५० प्रतिशतले घटेको पाइएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!