मोबाइल गेमले किशोर किशोरी को निन्द्रा प्रभावित गर्दै


हालै गरिएको एउटा अध्ययन अनुसार टेलिभिजन हेर्नु को सट्टा अन्तरकृयात्मक (इन्टरेक्टिभ) स्क्रिन समय, जस्तै मोबाइल फोनमा टेस्ट म्यासेज गर्नु वा गेम खेल्नु किशोर किशोरीहरूको सुत्ने समय घटाउँदै छ ।

युनिभर्सिटी अफ पेन्सिल्भेनियाले हालै गरेको अनुसन्धानबाट यो कुरा बाहिर आएको हो । १५ वर्षका बालबालिकाको सुत्ने बानीमा केन्द्रित यो अध्ययन जर्नल अफ एडोलेसेन्ट हेल्थमा प्रकाशित भएको हो ।

अध्ययन अनुसार किशोर किशोरीहरूको निन्द्रामा लगातार असर परिरहेको छ, यसको मुख्य कारण मोबाइल फोन हो । बढ्दो स्क्रिन टाइमले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको छ ।

अनुसन्धान कर्ताहरूका अनुसार सुत्नु अगाडि स्क्रिनमा अन्तर क्रियात्मक रूपमा समय बिताउँदा मात्र बालबालिकाको निन्द्रा प्रभावित हुँदैन । दिनको समयमा प्रत्येक घण्टामा जब बच्चाहरूले आफ्नो सामान्य मात्रा भन्दा बढी भिडियो गेम खेल्छन्, भने उनीहरूको निन्द्रामा करिब १५ मिनेट ढिलो हुन्छ ।

मोटो पन र मानसिक स्वास्थ्यको लागि खतरा 

अनुसन्धान कर्ताहरूका अनुसार पर्याप्त निन्द्रा नहुदाँ बालबालिकामा मोटो पना सँगै मानसिक स्वास्थ्यको जोखिम पनि बढ्छ । अध्ययनका सह लेखक एँनी मैरी चाङ भन्छन् कि टिभी हेर्ने जस्ता निष्क्रिय गतिविधिले मानसिक उत्तेजना कम हुन्छ ।

सुत्नु भन्दा एक घण्टा अघि स्क्रिन टाइम नराख्नुस् 

आजको युगमा बालबालिकाको अन्तर क्रियात्मक स्क्रिन टाइम घटाउन अभिभावकले केही सीमा तोक्नुपर्ने प्राध्यापक चाङ बताउँछन् । सुत्नु भन्दा एक घण्टा पहिले स्क्रिन टाइम हुनु हुँदैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!