धूम्रपानले खुम्चिन्छ मस्तिष्क, पुरानै अवस्थामा फर्किँदैन

धूम्रपान ले द्रुत स्मरणशक्ति हानी र अल्जाइमर रोगको जोखिम रहेकाे दाबी वासिङ्गटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अन्वेषकहरूले गर्छन्


वासिङ्गटन –हालै गरिएको एउटा अनुसन्धानको दाबी अनुसार धूम्रपान गर्नेहरूको दिमाग खुम्चिन्छ । यसलाई समयमै ठूलो क्षतिबाट बचाउन सकिए पनि पहिलेको अवस्थामा फर्काउन सकिँदैन । धूम्रपानले मुटु र फोक्सोमा मात्र नभई मस्तिष्कमा पनि स्थायी असर गर्ने अनुसन्धानमा उल्लेख छ । यसमा जीनले पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

यो अनुसन्धान ‘ग्लोबल ओपन साइन्स’, जर्नलमा प्रकाशित भएको छ । यसका अनुसार धूम्रपान छोड्दा मस्तिष्कको तन्तु (कोशिकाहरूको समूह) लाई थप क्षति हुनबाट जोगाउन सकिन्छ । तर मस्तिष्क आफ्नो मूल आकारमा फर्किने छैन ।

सेन्ट लुइसको वाशिङ्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धान कर्ताहरूले धूम्रपान गर्नेहरूलाई स्मरणशक्ति तीव्र गतिले गुम्ने र अल्जाइमर रोगको उच्च जोखिम हुने बताए ।

उमेर सँगै मानिसको मस्तिष्कको आकार स्वाभाविक रूपमा घट्दै गए पनि धूम्रपानले मस्तिष्कलाई समयभन्दा पहिले नै बूढो बनाउँछ ।

अध्ययन मा ३२,०९४ सहभागी

अनुसन्धानका क्रममा विभिन्न उमेर समूहका ३२ हजार ९४ व्यक्तिको मस्तिष्क को अध्ययन गरिएको थियो । अनुसन्धान कर्ताहरूका अनुसार धूम्रपान र मस्तिष्कको सम्बन्ध धूम्रपानको मात्रामा निर्भर गर्दछ । एक व्यक्तिले दिनहुँ जति धेरै धूम्रपान गर्छ, उसको मस्तिष्कको आयतन त्यति नै कम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!