स्याम्पु र मेकअप ले गर्भावस्था रोक्न सक्छ

जर्नल इन्भाइरोन्मेन्टल हेल्थ पर्स्पेक्टिभ मा प्रकाशित अध्ययनले गर्भावस्था अघि फैथलेटस को जोखिम र महिलाको प्रजनन हार्मोनमा परिवर्तन, साथै सुन्नाइ र अक्सिडेटिभ तनाव बढेको बीच सम्बन्ध फेला पारेको छ ।


एउटा नयाँ अध्ययनको दाबी अनुसार स्याम्पु,  मेकअप, खेलौना र मेडिकल उपकरणहरू जस्ता धेरै घरायसी उत्पादनहरूमा पाइने प्लाष्टिसाइजिङ र सोल्भेन्ट रसायनहरूको समूह ‘फैथलेटस’ को जोखिमले गर्भवती हुने सम्भावनालाई कम गर्न सक्छ ।

जर्नल इन्भाइरोन्मेन्टल हेल्थ पर्स्पेक्टिभ मा प्रकाशित अध्ययनले गर्भावस्था अघि फैथलेटस को जोखिम र महिलाको प्रजनन हार्मोनमा परिवर्तन, साथै सुन्नाइ र अक्सिडेटिभ तनाव बढेको बीच सम्बन्ध फेला पारेको छ । फैथलेटस अन्तः स्रावी अवरोधक हुन र महिलाहरू हरेक दिन तिनिहरूको सम्पर्कमा आउँछन् ।

अध्ययनमा छ महिनावारी चक्रमा १,२२८ सहभागीहरूबाट प्राप्त विस्तृत जानकारी समावेश गरिएको थियो । जब महिलाहरू गर्भवती हुन खोजिरहेका थिए । फैथलेटस लाई शरीर मेटाबोलाइटस मा तोड्छ , जो पिसाब मा उत्सर्जित हुन्छ र यसको विश्लेषण गर्न सकिन्छ ।

अनुसन्धान कर्ताहरूले अध्ययनमा सहभागी भएकाहरूको सङ्कलन गरिएको पिसाबको नमुनाहरूमा २० फैथलेट मेटाबोलाईटहरु पत्ता लगाए । एक्सपोजर बढ्दै जाँदा, बढी भन्दा बढी प्रभाव देखिने गर्छ ।

अन्वेषकहरूले सुन्नाइ को विश्वव्यापी मार्कर सी–रिएक्टिभ प्रोटिन को समेत जाँच गरे । जुन महिलाहरूमा फैथलेटस को सम्पर्क बढी मात्रा मा थियो उनीहरूमा सुन्नाइ र अक्सिडेटिभ तनाव को स्तर समेत बढी थियो गर्भको सम्भावना समेत कम थियो ।

महिलाहरूले कस्मेटिक्स खरिद गर्दा लेबल जाँच गर्नुपर्ने र फेथलेट मुक्त विकल्पहरू खोज्नुपर्ने अनुसन्धान कर्ताहरू ले बताए । ताकि शरीरमा कुनै साइड इफेक्ट नहोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!