दिनहुँ बढी समय फोन प्रयोग गर्ने बालबालिका मा आत्महत्याको जोखिम

ओपन–एक्सेस जर्नल ‘प्लोस वन’ मा प्रकाशित अध्ययन अनुसार हरेक दिन ४ घण्टाभन्दा बढी समय सम्म स्मार्टफोन प्रयोग गर्ने नाबालिग बालबालिकामा तनावको समस्या बढी हुन्छ । यस्ता मानिसहरूमा आत्महत्या गर्ने सोच पनि धेरै बढी आउँछ । स्मार्टफोनको अम्मल धेरै खतरनाक तरिकाले लाग्ने गर्छ ।


फोनका धेरै साइड इफेक्ट बालबालिकामा देखिन्छन् । एक अध्ययनले देखाएको छ कि दिनको चार घण्टा भन्दा बढी फोन प्रयोग गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ र फोन को अम्मली हुन सक्छ ।

स्मार्टफोन साइड इफेक्टः 

आजकल स्मार्टफोन, ल्यापटप र अन्य ग्याजेटहरू कै संसार बनी सकेको छ । ठूला त ठूला, केटाकेटीहरू पनि गजेटहरू सँग धेरै घण्टा बिताइ रहेका छन् । धेरै बालबालिका र वयस्कहरू यस्ता पनि छन् जो केही समयको लागि फोन नपाए बेचैन हुन्छन् । यो बिना समय बिताउन पनि तिनिहरूलाई धेरै गाह्रो हुन्छ । यस सम्बन्धमा एउटा अध्ययन प्रतिवेदन अचम्मको छ । स्मार्टफोनको अम्मल ले मानिसलाई मानसिक रोगी बनाउन सक्ने रिपोर्टमा उल्लेख छ । यस अध्ययनले दिनमा चार घण्टा भन्दा बढी फोन प्रयोग गर्ने मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यसको अम्मल लाग्न सक्ने देखाएको छ ।

स्मार्टफोनले बालबालिकाको स्वास्थ्यलाई कसरी असर गर्छ ? 

अध्ययनका अनुसार पछिल्ला केही वर्षहरूमा युवाहरूमा विशेष गरी नाबालिग र किशोर किशोरीहरू मा मोबाइल फोनको क्रेज उल्लेख्य रूपमा बढेको छ । जसको प्रत्यक्ष असर उनीहरूको मानसिक स्वास्थ्यमा परेको छ । यसका साथै अन्य धेरै समस्या पनि हुन्छ ।

बालबालिकाको स्वास्थ्यमा स्मार्टफोनको साइड इफेक्ट

  • १. अनिद्रा र निद्रा सम्बन्धित समस्याहरू
  • २. आँखा सम्बन्धित समस्याहरू
  • ३. मस्कुलोस्केलेटल विकार

बालबालिकाले कति समय सम्म स्मार्टफोन चलाउने ? 

कोरियाको हान्याङ युनिभर्सिटी मेडिकल सेन्टरको टोलीले गरेको यस अध्ययनमा ५० हजारभन्दा बढी नाबालिगको तथ्यांक विश्लेषण गरिएको थियो ।

यस अध्ययनका अनुसार हरेक दिन ४ घण्टाभन्दा बढी समयसम्म स्मार्टफोन प्रयोग गर्ने नाबालिग बालबालिकामा तनावको समस्या बढी हुन्छ । यस्ता मानिसहरूमा आत्महत्या गर्ने सोच पनि धेरै बढी आउँछ । स्मार्टफोनको अम्मल धेरै खतरनाक तरिकाले लाग्ने गर्छ । यो अध्ययन ओपन–एक्सेस जर्नल ‘प्लोस वन’ मा प्रकाशित छ ।

अध्ययनमा भनिएको छ कि दैनिक १ देखि २ घण्टा सम्म स्मार्टफोन प्रयोग गर्ने नाबालिगहरू लाई बढी समय प्रयोग गर्नेहरूको दाँजोमा कम समस्याहरू हुन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!