रुघा खोकी (फ्लु) विरुद्धको खोपले ब्रेन स्ट्रोक को जोखिम कम गर्छ


अमेरिकन एकेडेमी अफ न्युरोलोजी मा प्रकाशित एक अनुसन्धान अनुसार फ्लुको खोप लगाए पछि ब्रेन स्ट्रोकको जोखिम कम हुन्छ । स्पेनको युनिभर्सिटी अफ अल्काला लाई उद्धृत गर्दै अनुसन्धानमा रुघाखोकीका कारण ब्रेन स्ट्रोकको जोखिम बढ्ने र फ्लुको खोप लगाएपछि यसको जोखिम कम हुने बताइएको छ ।

अध्ययनको लागि अन्वेषकहरू स्पेनको स्वास्थ्य सेवा को तथ्याङ्क हेरे र कम्तीमा ४० वर्ष उमेर भएका र १४ वर्षको समय अवधिमा स्ट्र्रोक भएका व्यक्तिहरूलाई पहिचान गरे ।

स्ट्रोक भएका हरेक व्यक्तिलाई समान उमेर र लिङ्ग का पाँच व्यक्ति सँग तुलना गरिएको थियो । त्यहाँ १४ हजार ३ सय २२ जना लाई स्ट्रोक भएको थियो भने ७१ हजार ६ सय १० जना लाई स्ट्रोक भएको थिएन ।

अनुसन्धान इस्केमिक स्ट्रोकमा ध्यान दिइएको थियो, जसमा धमनीहरू साँघुरो र बन्द हुदा मस्तिष्क सम्म हुने रगतको प्रवाह रोकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!