२४ घण्टामा अधिकतम ३ चिम्टी अर्थात् मात्र ५ ग्राम नुन खानु पर्ने

विश्वव्यापी रूपमा नुनको खपत लाई सिफारिस गरिएको स्तर सम्म घटाउँदा वर्षेनी २५ लाख मृत्यु रोक्न सकिने : विश्व स्वास्थ्य संगठन


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) का अनुसार अधिकांश मानिसले दैनिक ९ देखि १२ ग्राम नुन सेवन गर्छन, जुन स्वास्थ्यको दृष्टिले निकै खतरनाक हुन्छ । डब्ल्यूएचओको पछिल्लो निर्देशिका अनुसार एक जना व्यक्तिले दैनिक ५ ग्राम नुन मात्र खानु पर्छ । अर्थात् सामान्यतः तिन चिम्टी वा एक सानो चम्चा नुन करिब ५ ग्राम हुन्छ ।

धेरै नुन खानु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । डब्ल्यूएचओको हालैको अध्ययनले धेरै नुन खादा हरेक वर्ष धेरै मानिसको ज्यान जाने गरेको देखाएको छ । विश्वव्यापी रूपमा नुनको खपत लाई सिफारिस गरिएको स्तर सम्म घटाइयोस भने वर्षेनी अनुमानित २५ लाख मृत्यु रोक्न सकिने डब्लुएचओले जनाको छ ।

डब्लूएचओका अनुसार हामीले खाने नुनमा सोडियमको मात्रा धेरै हुन्छ भने पोटासियमको मात्रा निकै कम हुन्छ । जसका कारण मानिसमा रक्तचापको समस्या हुन्छ । साथसाथै हृदयाघात र स्ट्रोकको जोखिम समेत बढ्छ भने हड्डी कमजोर बनाउँछ । डब्लुएचओले मानिसहरूको आहारबाट नुन कम गर्न एउटा संगठन बनाएको छ जस अन्तर्गत संयुक्त राष्ट्र का सदस्य राष्ट्रहरूले सन २०२५ सम्म नुन खपत आधा गर्ने निर्णय गरेका छन् ।

यस्तै हार्वड मेडिकल जर्नलका अनुसार, हामीले खपत गर्ने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । हाम्रो शरीरलाई यो सोडियम मात्र ५०० मिली ग्राम चाहिन्छ । यो भन्दा बढी सोडियमले हाम्रो स्वास्थ्यलाई हानी पुर्याउँछ । यसले धेरै रोगको जोखिम बढाउँछ । नेपालीहरू अमेरिकी भन्दा धेरै बढी नुन खान्छन् ।

बढी नुन खानुको बेफाइदा

  • धेरै नुनको सेवनले मिर्गौलामा पत्थरीको समस्या निम्त्याउन सक्छ । यसका साथै उच्च रक्तचापको समस्या पनि सामना गर्न सकिन्छ ।
  • बढी नुन सेवनले शरीरमा डिहाइड्रेसनको समस्या निम्त्याउन सक्छ ।
  • धेरै अध्ययनहरूमा यो खुलासा भएको छ कि बढी नुनको सेवनले पनि तौल बढी तिव्र गतिले बढ्न सक्छ ।
  • शरीरमा क्याल्सियमको मात्रा पनि कम हुन थाल्छ । जसका कारण तपाई अल्सर, ओस्टियोपोरोसिसको सिकार हुन सक्नुहुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!