भारतीयलाई मुटु रोगको खतरा बढी, रगतको बहावमा कमीले गर्दा मुटु रोगको जोखिमको शिकार


भारतीयहरूमा मुटुको रोग बढ्दै गएको हालसम्म यो विश्वास गरिएको कि मानिसहरूको धमनीको व्यास कम हुने कारण कोरोनरी आर्टरी रोग (एक प्रकारको मुटु रोग )को शिकार हुन्छन

तर एउटा नयाँ अध्ययनले यो दाबीलाई खारेज गर्छ नयाँ दिल्लीको सर गंगाराम अस्पतालको कार्डियोलोजी रेडियोलोजी विभागको अनुसन्धानका अनुसार व्यक्तिको शरीरकोसर्फेस एरिया’, कम हुने कारण यस्तो हुन्छ

कोरोनरी आर्टरी रोग के हो ?
कोरोनरी आर्टरी रोग एउटा यस्तो मुटु रोग हो, जसमा मुटुका आवश्यक धमनीहरू क्षतिग्रस्त हुन्छन् यसको सामान्य कारण धमनीमा बोसो जम्मा हुनु हो यसले रक्त प्रवाहमा कमी आउँछ , जसले छाती दुख्ने देखि लिएर हृदयाघात सम्म  निम्त्याउन सक्छ

२५० जनामा अनुसन्धान

जर्नल अफ इन्डियन कलेज अफ कार्डियोलोजीमा प्रकाशित उक्त अध्ययनमा सय ५० जनालाई संलग्न गराइएको थियो सर गंगाराम अस्पतालका मुटुरोग विभागका अध्यक्ष डा जेपीएस साहनीको अनुसार अध्ययनमा सहभागीहरू मध्ये ५१ प्रतिशतलाई उच्च रक्तचाप १८ प्रतिशतलाई मधुमेह थियो जबकि प्रतिशतलाई धूम्रपान को लत थियो, २८ प्रतिशतलाई उच्च कोलेस्ट्रोल बोसोको समस्या थियो यस्तै २६ प्रतिशत सहभागीहरूको परिवारमा मुटुको रोग थियो

यस्तो अध्ययनको परिणाम
अनुसन्धानकर्ता हरूले के पाए भने पुरुषको दाँजोमा महिलाको रक्त नलीको औसत व्यास कम हुन्छ यद्यपि, बडी सरफेस एरिया अन्तर्गत दुवैको धमनीको व्यास को मापन महत्वपूर्ण हुदैन

संसारभरका विशेषज्ञहरू विश्वास गर्छन् कि एसियाली व्यक्ति, विशेष गरी भारतीय हरू लाई धमनीको व्यास कम हुने कारण बोसो जम्मा हुने खतरा बढी हुन्छ तर यो अध्ययनले भारतीयहरूको धमनी सानो हुदैन भन्ने प्रमाणित गरेको शरीरको सतह क्षेत्र कम भएका कारण उनीहरू लाई कोरोनरी आर्टरी रोगको खतरा हुन्छ


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!