अनुसन्धान

हेयर प्रोडक्ट र स्ट्रेटनर प्रयोगले वायु प्रदूषण जस्तै जोखिम, १० अर्ब भन्दा बढी सूक्ष्म कण फोक्सो हुँदै शरीरमा


हामी प्रायः वायु प्रदूषणलाई सवारी साधन, उद्योग वा बाहिरी धुवाँसँग जोड्छौं। तर दैनिक जीवनमा प्रयोग हुने व्यक्तिगत सौन्दर्य सामग्रीहरूले पनि घरमै अदृश्य जोखिम सिर्जना गर्ने नयाँ अनुसन्धानले देखाएको छ।

हेयर स्प्रे, सिरम र तातो उपकरण (जस्तै स्ट्रेटनर, कर्लर) प्रयोग गर्दा अति साना (नानो) कण निस्कन्छन्, जुन सिधै फोक्सोको गहिरो भाग सम्म पुग्न सक्छन्।

१० अर्ब भन्दा बढी कण

अमेरिकाको पर्ड्यु विश्वविद्यालयका अनुसन्धान कर्ताले सामान्य १० देखि २० मिनेटको हेयर स्टाइलिङ प्रक्रियामा १० अर्ब भन्दा बढी नानो कण निस्कने पत्ता लगाएका छन्। यी कण १०० न्यानो मिटर भन्दा साना हुने भएकाले सजिलै फोक्सोमा प्रवेश गरी श्वास प्रश्वासमा समस्या, सुन्याई र मानसिक असर सम्म पुर्‍याउन सक्छन्। यो अध्ययन  इन्भारोमेन्टल साइन्स एन्ड टेक्नोलोजी पत्रिकामा प्रकाशित गरिएको छ। यो अध्ययनलाई इन्भारोमेन्टल साइन्स एन्ड टेक्नोलोजी पत्रिकामा पढ्न यो लिङ्कमा क्लिक गर्नुहोस्।

तापक्रमसँग सम्बन्ध

अनुसन्धानले देखाएको छ कि स्ट्रेटनर वा कर्लर जस्ता उपकरणबाट तापक्रम ३०० डिग्री फारेनहाइट भन्दा माथि पुग्दा तीव्र रूपमा रसायन वाष्पीकरण भई बाक्लो कणको बादल बन्ने गर्छ। ३६० डिग्री भन्दा बढी तापमा बनेका कण मध्ये करिब ९५ प्रतिशत १०० न्यानो मिटर भन्दा साना हुने पाइएको छ।

हानिकारक रसायन

प्रयोग हुने रसायन मध्ये ‘डी५ सिलोक्सेन’ विशेष चिन्ताको विषय बनेको छ। यसले उत्पादनलाई चम्किलो र स्थिर बनाउने भए पनि वातावरणमा लामो समय रहने र जीवित प्राणीको शरीरमा जम्मा हुने गर्छ। जनावर माथि गरिएको अध्ययनले यसलाई फोक्सो, कलेजो र स्नायु प्रणालीमा क्षति पुर्‍याउने देखाएको छ।

सिधै फोक्सो सम्म असर

हेयर स्टाइल प्रायः अनुहार नजिकै हुने भएकाले ती कण सिधै सास फेर्ने क्षेत्रमा प्रवेश गर्छन्। मोडेलिङले देखाएको छ कि यस्ता साना कण फोक्सोको गहिरो भागमा जम्मा हुने सम्भावना धेरै हुन्छ। लामो कपाल भएकाले समय बढी लाग्ने र अझ बढी कण निस्कने पनि देखिएको छ।

बाहिरी प्रदूषण बराबर

२० मिनेट सम्म तातो उपकरणले स्ट्रेट गर्ने क्रममा श्वास को माध्यमले शरीर भित्र भित्रिने कणको मात्रा, सडकमा २० देखि २०० मिनेट बस्दा वा शहरको वायु प्रदूषणमा ३० देखि १०० मिनेट बस्दा हुने असर बराबर हुने पाइएको छ।

कसरी सुरक्षित रहने ?

अनुसन्धानकर्ताहरूले हेयर प्रोडक्ट र तातो उपकरणको प्रयोग सीमित गर्न सुझाव दिएका छन्। यदि प्रयोग गर्नै परेमा कोठा मा  राम्रो सँग हावा ओरदोहोर हुने बनाउनु पर्छ। झ्याल खोल्ने, एक्जस्ट फ्यान चलाउने वा एयर प्युरिफायर प्रयोग गर्न सकिन्छ।

आगामी अनुसन्धान

भविष्यमा अझ साना (१ न्यानो मिटर सम्मका) कणको अध्ययन गर्ने तयारी छ। यसले यी कणको वास्तविक रासायनिक स्वरूप र स्वास्थ्यमा पार्ने असरबारे अझ प्रष्ट जानकारी दिनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!