अनुसन्धान
मस्तिष्कको इन्सुलिनले मोटो पनमा महत्वपूर्ण भूमिका खेल्छ

वैज्ञानिकहरूले एक अध्ययनमा मोटो पना र टाइप–२ मधुमेहको लागि महत्वपूर्ण नियन्त्रण केन्द्रको रूपमा मस्तिष्कको कार्यमा प्रकाश पारेका छन् ।
मोटो पनाको विकासमा इन्सुलिन हर्मोनले महत्वपूर्ण भूमिका खेल्ने नेचर मेटाबोलिजम जर्नलमा प्रकाशित अध्ययनमा बताइएको छ । हाल सम्म यस्तो सङ्केतहरू प्राप्त भएका छन जसले बताउँछ की इन्सुलिनले न्यूरोडिजेनेरेटिभ र मेटाबोलिक विकारहरू निम्त्याउँछ।
ट्यूब्रिंगन युनिभर्सिटी हस्पिटल, जर्मन सेन्टर फर डायबिटिज रिसर्च (डीजेडडी) र हेल्महोल्ट्ज म्युनिखको पछिiल्लो अध्ययनले अब यसमाथि नयाँ अन्तर्दृष्टि प्रदान गर्दछ । यसमा भनिएको छ की शरीरमा अस्वास्थ्यकर बोसोको वितरण र लगातार तौल बढ्नु मस्तिष्कको इन्सुलिन प्रतिको संवेदनशीलता सँग जोडिएको छ ।
प्रा.डा. स्टेफनी कुलम्यान र अनुसन्धानमा संलग्न टोलीले इन्सुलिनले मस्तिष्कमा के विशेष कार्यहरू खेल्छ र यसले सामान्य तौल भएका मानिसहरूलाई कसरी असर गर्छ जस्ता प्रश्नहरूको जबाफ दिए ।
‘हाम्रो खोजहरूले पहिलो पटक देखाएको छ कि अत्यधिक प्रशोधित, अस्वस्थ खाना (जस्तै चकलेट र आलु चिप्स) को सानो मात्राले पनि स्वस्थ व्यक्तिको मस्तिष्कमा महत्वपूर्ण परिवर्तनहरू निम्त्याउँछ, जुन मोटो पना र टाइप–२ मधुमेहको प्रारम्भिक कारण हुन सक्छ’, उनले भने ।
स्वस्थ अवस्थामा, इन्सुलिनले मस्तिष्कमा भोक लाई दबाउने प्रभाव पार्छ । यद्यपि, मोटो व्यक्तिहरूमा, इन्सुलिनले खाने व्यवहारलाई ठीक सँग नियन्त्रित गर्दैन, जसले गर्दा इन्सुलिन प्रतिरोधी हुन्छ ।
प्रतिक्रिया दिनुहोस