मिर्गौला बिग्रे पछि शरीरले दिन्छ यस्ता चेतावनीको सङ्केत


तपाइको मिर्गौला मा समस्या आउन थाल्दा शरीरले चेतावनी को सङ्केत दिन थाल्छ । यो सङ्केत लाई समय मै पहिचान गरेर उपचार प्रकृयामा जादा डायलासिस, मिर्गौला प्रत्यारोपण नै गराउनु पर्ने जस्तो बाध्यता वाट जोगिन सकिन्छ ।

मृगौलाको कार्य क्षमतामा आएको कमी समस्या लगायतका बारेको सङ्केत लाई पहिचान गरेर समय मै उपचार प्रकृयामा गएर सहज रुपमा बाच्न सकिन्छ ।

शरीरलाई स्वस्थ राख्न मिर्गौला को महत्वपूर्ण योगदान हुन्छ । यो अंग विना जीवनको कल्पना समेत गर्न सकिँदैन । उसो हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छ जस मध्ये एउटा दान दिए पनि शरीरलाई खासै असर पर्दैन । तर मिर्गौला पुरै खराब भए जिउन सकिन्न ।

मिर्गौलाले रगत सफा गर्न र शरीरबाट थुप्रै प्रकारको विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । मिर्गौलाले रगतबाट जहरिलो पदार्थ निकालेर त्यसलाई छानेर पिसाबको बाटो वाट त्यसलाई बाहिर निकाल्ने काम गर्छ । यस्तोमा मिर्गौला स्वस्थ हुनु धेरै आवश्यक छ । मिर्गौला मा कुनै समस्या हुँदा यसले थुप्रै चेतावनीको सङ्केत दिन्छ । यी सङ्केत लाई समय मै पहिचान गरेर उपयुक्त उपचार प्रकृयामा गएर ज्यान जोगाउन सकिन्छ ।

थकाइ लाग्नु –यदि तपाइ दिन भर थकाइ अनुभव गर्नु हुन्छ भने यो मिर्गौलामा आउने कुनै समस्याको सङ्केत हुन सक्छ । यो चेतावनीको सङ्केतको अर्थ हो मिर्गौला लवाइ विषाक्त पदार्थ (टक्सिन) शरीर बाहिर निकाल्नमा समस्या आइ रहेको छ । यसको अर्थ टक्सिन तपाइको कोषमा जम्मा हुन लागेको छ, जस कारणले तपाइ थकाइ अनुभव गरि राख्नु भएको छ । रगतमा टक्सिन बढ्नाले मांसपेशी र मस्तिष्क सम्म पर्याप्त मात्रामा अक्सिजन पुग्दैन । उसो कहिले कँही थकाइ को समस्या अन्य कुनै विमारीको समेत सङ्केत हुन सक्छ ।

छाला चिलाउनु– तपाइको छाला चिलाउने समस्या कायम छ भने यो मिर्गौलाको समस्याको सङ्केत समेत हुन सक्छ । जब मिर्गौलामा विषाक्त पदार्थ बढ्छ तव त्यो छालाको मुनी थिचिन्छ । यसै कारणले छाला बढी चिलाउने, सुख्खा हुने, र दुर्गन्ध जस्तो समस्या हुन लाग्छ ।

हात खुट्टा सुन्निनु– जव मिर्गौला ले अतिरिक्त विषाक्त पदार्थ लाई बाहिर निकाल्न सक्दैन भने हात खुट्टा र शरीरको अन्य भाग सुन्निन थाल्छ ।

निन्द्रा र भोकमा कमी– जब मिर्गौला सही ढंगले काम गर्दैन भने रगत सफा हुन पाउँदैन । यो कारणले वाकवाकी , वान्ता जस्तो समस्या हुन सक्छ र भोक समेत कम लाग्छ । यो सँगै मिर्गौला खराब हुनुको सिधा सम्बन्ध निन्द्रा नहुन सँग हुन्छ ।स्लिप एपनिया ले गर्दा मिर्गौला फेल हुने समस्या हुन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!