अनुसन्धान

दीर्घकालीन मृगौला रोगले बौद्धिक क्षमतामा तीव्र गिरावट ल्याउन सक्छ


दीर्घकालीन मृगौला (क्रोनिक किड्नी) रोग (सीकेडी) ले बौद्धिक क्षमतामा हुने गिरावटलाई तेज बनाउन सक्ने नयाँ अध्ययनले देखाएको छ। रोगका कारण सोच्ने र बुझ्ने क्षमता कमजोर हुने बताइएको छ। अनुसन्धान अनुसार पुरुष र महिलामा देखिने लक्षण र प्रभाव भिन्न छन्।

मार्शल विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले सीकेडी भएका पुरुषमा बौद्धिक क्षमताको ह्रास महिला भन्दा बढी देखिएको छ। उनीहरूमा मुटुको कार्य क्षमतामा पनि उल्लेखनीय कमी भेटिएको अनुसन्धानमा उल्लेख छ। अध्ययन ‘अमेरिकन जर्नल अफ फिजियोलोजी, हार्ट एन्ड सर्कुलेटरी फिजियोलोजी’मा प्रकाशित गरिएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।

अनुसन्धानका प्रमुख लेखिका तथा मार्शल विश्वविद्यालयको स्कूल अफ मेडिसिनकी सह प्राध्यापक स्नेहा एस. पिल्लाईका अनुसार, अध्ययनले पुरुषमा मुटु मस्तिष्क सम्बन्धमा हुने क्षति र बौद्धिक गिरावट बीच बलियो सम्बन्ध देखाउँछ। उनले भनिन,’यसले मृगौला, मुटु र मस्तिष्क जोड्ने जैविक मार्ग पुरुष र महिलामा फरक हुने प्रमाण दिन्छ।’

अनुसन्धानकर्ताका अनुसार, यी निष्कर्षले मृगौला तथा मुटु सम्बन्धी (कार्डियो भास्कुलर) क्षति र मस्तिष्कीय कार्य बीचको अन्तरक्रिया बारेको बुझाइलाई अझ स्पष्ट बनाउनेछ। यसले भविष्यमा नयाँ औषधि वा उपचार प्रविधि विकासमा सहयोग पुर्‍याउन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!