अनुसन्धान

अत्यधिक प्रशोधित खाद्य पदार्थले मोटोपना र मुटु रोगको जोखिम बढाउँछ


आज भोलि मानिसहरूको जीवन शैलीमा अत्यधिक प्रशोधित (प्रोसेस्ड) खाद्य पदार्थको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सोडा, चिप्स, स्न्याक्स वा अन्य प्याकेज्ड सामग्री दैनिक जीवनको सामान्य हिस्सा बनेका छन्। यस्ता खानेकुरामा एडिटिभको मात्रा बढी हुन्छ भने पोषक तत्व अत्यन्त कम पाइन्छ।

एक अध्ययन अनुसार, अमेरिकामा एक सामान्य वयस्कको खानाको करिब ६० प्रतिशत र बालबालिकाको करिब ७० प्रतिशत हिस्सा यिनै खाद्य पदार्थबाट आउने गरेको छ। यस्ता खानेकुराको अत्यधिक सेवनले मोटोपना, क्यान्सर, मेटाबोलिक र मुटु सम्बन्धी रोग, मानसिक स्वास्थ्य समस्या र समयअगावै मृत्यु हुने सम्भावना बढाउँछ।

फ्लोरिडा एटलान्टिक विश्वविद्यालयको चार्ल्स ई. श्मिट कलेज अफ मेडिसिनको अनुसन्धानले देखाएको छ कि प्रशोधित खाद्य पदार्थ बढी खाने मानिसहरूको हाई-सेंसिटिभ सी-रिएक्टिभ प्रोटिन (एचएस -सिआरपी) स्तर उल्लेखनीय रूपमा बढेको पाइयो। यो सुन्याई र मुटु रोगको महत्त्वपूर्ण संकेत मानिन्छ।

यो अध्ययन अमेरिकन जर्नल अफ मेडिसिन मा प्रकाशित भएको हो 👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । नतिजामा सहभागीहरूले आफ्नो दैनिक क्यालोरीको औसत ३५ प्रतिशत प्रशोधित खाद्य पदार्थबाट लिएका थिए। सबै भन्दा कम सेवन गर्नेहरूमा यो लगभग शून्य थियो भने सबैभन्दा बढी सेवन गर्नेहरूमा ६० देखि ७९ प्रतिशतसम्म पाइयो।

उमेर, लिङ्ग, धूमपान, शारीरिक गतिविधि र अन्य स्वास्थ्य सूचकहरूलाई ध्यानमा राख्दा, बढी सेवन गर्ने समूहमा  एचएस -सिआरपी स्तर बढ्ने सम्भावना ११ प्रतिशतले बढी देखियो। अनुसन्धानकर्ता हरूका अनुसार, स्वस्थ जीवनशैली अपनाउन खानपानमा सचेत हुन आवश्यक छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!