अनुसन्धान

गर्मी बढेसँगै स्लीप एप्निया झनै गम्भीर बन्ने खतरा


जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्दै जाँदा स्लीप एप्निया झनै सामान्य र गम्भीर बन्ने जोखिम देखिएको छ। ‘नेचर कम्युनिकेशन’ मा प्रकाशित नयाँ अध्ययन अनुसार अत्यधिक गर्मीका दिनमा स्लीप एप्निया हुने सम्भावना ४५ प्रतिशतले बढ्न सक्छ।

स्लीप एप्निया यस्तो अवस्था हो जहाँ मानिस सुत्दासुत्दै स्वास फेर्न कठिनाइ हुन्छ। विशेषगरी  ‘अब्स्ट्रक्टिभ स्लीप एप्निया’ (ओएसए) नामक प्रकार विश्व भर करिब १ अर्ब मानिसमा देखिन्छ।

यो अवस्था घाँटीका मासपेशीहरू साँघुरिँदा स्वासको मार्ग अवरुद्ध हुँदा उत्पन्न हुन्छ जसले रगतमा अक्सिजनको मात्रा घटाउने र निद्रामा अवरोध पुर्‍याउने गर्दछ। अध्ययन अनुसार भारत, इजरायल र ब्राजिल जस्ता देशहरूमा तापक्रम वृद्धि सँगै यस्तो समस्या बढ्न सक्ने खतरा उच्च छ।

प्रमुख अनुसन्धानकर्ता डा. बास्टियन लेचैटका अनुसार यदि विश्वको औसत तापक्रम पूर्व औद्योगिक युगको तुलनामा १.८ डिग्री सेल्सियसले बढ्यो भने सन २१०० सम्म अब्स्ट्रक्टिभ स्लीप एप्नियाको प्रभाव, आर्थिक भार र जोखिम दोब्बर हुन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!