क्यान्सर भएका बिरामीहरूका कपाल किन झर्न थाल्छ ?


क्यान्सर एक गम्भीर र प्राणघातक रोग हो । यदि समय मै यसको उपचार गरिएन भने, बिरामीको ज्यान समेत जान सक्छ । क्यान्सर जत्तिकै यसको उपचार पनि कठिन हुन्छ।

तपाई ले क्यान्सरका धेरैजसो बिरामीहरूलाई आफैँ सैलुन गएर कपाल काट्दै गरेको देख्नु भएको हुन सक्छ । यस्तो अवस्थामा, धेरै लाई यो जिज्ञासा लाग्न सक्छ कि आखिर क्यान्सर भएका बिरामीहरूको कपाल किन झर्ने गर्छ?

क्यान्सरको उपचारका कारण कपाल झर्ने समस्या

क्यान्सरको उपचारका लागि किमोथेरापी को सहारा लिइन्छ। किमोथेरापीका क्रममा प्रयोग गरिने औषधीहरूले कपाललाई धेरै क्षति पुर्याउँछ। यही कारणले गर्दा क्यान्सर भएका बिरामीहरूका कपाल तीव्र गतिमा झर्न थाल्छन्।

किमोथेरापी औषधीहरूले तीव्र रूपमा विभाजन हुने क्यान्सर कोशिकाहरू लाई लक्ष्य बनाउने गर्छन्, तर यसले अन्य तीव्र गतिमा वृद्धि हुने स्वस्थ कोशिकाहरूलाई समेत असर पुर्याउँछ । जसमा कपालका फोलिकल्स  पनि पर्छन्। जसका कारण बिरामीहरू आफैँ गएर कपाल काट्न रुचाउँछन्।

ध्यान दिनुहोस् कि किमोथेरापी गराएका बिरामीहरूलाई कपाल सम्बन्धी समस्या मात्र होइन, अन्य धेरै स्वास्थ्य समस्याहरू पनि हुन सक्छ, जस्तै थकाइ, छाला सुक्खा हुने, वान्ता हुने, भोक घट्ने आदि।

कपाल झर्ने समस्या पछि निको हुन सक्छ

यदि तपाई सोच्दै हुनुहुन्छ कि क्यान्सर निको भएपछि कपाल पहिलेको जस्तै बाक्लो र स्वस्थ आउँछ कि आउँदैन, भने यसको उत्तर ‘हो’ हो ।

क्यान्सरको उपचार पूरा भएपछि, समय क्रममा कपाल फेरि उम्रन थाल्छ।

  • नयाँ कपाल उम्रन करिब २–३ महिना लाग्न सक्छ ।
  • कतिपय अवस्थामा, पहिला भन्दा कपालको बनावट फरक हुन सक्छ।
  • ‘किमो कर्ल्स’ नामक समस्यामा, कपाल स्वाभाविक रूपमा पहिले भन्दा घुँघुर हुन सक्छन्।
  • केही बिरामीहरूमा कपाल पहिला भन्दा कम बाक्लो वा पातलो आउन सक्छ।

क्यान्सर भएका बिरामीहरू स्थायी रूपमा कपाल गुमाउँदैन

  • किमोथेरापीको प्रभावले गर्दा कपाल धेरै र तीव्र गतिमा झर्न सक्छ, तर बिरामीले स्थायी रूपमा कपाल गुमाउँदैनन्।
  • केही अवस्थामा, कपाल फर्कन सामान्य भन्दा बढी समय लाग्न सक्छ, तर अन्ततः कपाल फिर्ता आउँछ।
  • क्यान्सरको उपचारका क्रममा स्क्याल्प कुलिङ्ग थेरापी प्रयोग गरेर कपाल झर्ने समस्या केही हदसम्म कम गर्न सकिन्छ।

स्क्याल्प कुलिङ्ग थेरापी के हो?

स्क्याल्प कुलिङ्ग थेरापी, जसलाई कोल्ड क्याप थेरापी पनि भनिन्छ, एक चिकित्सा प्रविधि हो जसमा बिरामीलाई विशेष प्रकारको टोपी लगाइन्छ। यस टोपीबाट चिसो तरल पदार्थ प्रवाह गरिन्छ, जसले कपालको जरा लाई चिसो बनाएर किमोथेरापीको असर कम गर्छ।  यस प्रक्रियाले कपाल झर्ने दरलाई कम गर्न मद्दत गर्न सक्छ।

क्यान्सर उपचारका क्रममा किमोथेरापी र रेडियोथेरापी को कारण कपाल झर्न सक्छ, तर यो स्थायी समस्या होइन।

  • उपचारपछि कपाल सामान्य रूपमा फर्कन थाल्छ।
  • केही अवस्थामा, कपाल पहिला भन्दा फरक देखिन सक्छ।
  • यदि कपाल झर्नबाट बच्न चाहनुहुन्छ भने, स्क्याल्प कुलिङ्ग थेरापी उपयोगी हुन सक्छ।

(क्यान्सर रोग विशेषज्ञ द्वारा चिकित्सा समीक्षा गरिएको र नेपाल हेल्थ प्रेस द्वारा निर्माण गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!