औषधि पसलमा व्यापक त्रुटी, कमी कमजोरी र कानुन विपरीतको क्रियाकलाप, स्वास्थ्य मन्त्री औषधि पसल सुधार अभियानमा

जाउलाखेल स्थित सोवा हेल्थ केयर सेन्टर को औषधि पसलमा स्वास्थ्य मन्त्रीले म्याद नाघेको औषधि र फिजिसियन स्याम्पल अन्य औषधि सँगै राखेको पाए भने औषधि को भण्डारण कक्ष समेत चुहिरहेको देखे ।  यति मात्र नभइ स्वास्थ्य मन्त्री ले अल्का हस्पिटलको फार्मेसीमा समेत परामर्शको कमी, स्टोर व्यवस्थापनको कमी, एक्सपायर  औषधि र अन्य एकै ठाउँमा राखिएको, दर्ता नभएको औषधि समेत राखिएको लगायतका कमी कमजोरी आफ्नै आँखाले हेरे । 


काठमाडौं – स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत ले आफ्नै उपस्थितिमा राजधानीको औषधि पसलहरूमा अनुगमन गर्दा व्यापक त्रुटी, कमी कमजोरी र कानुन विपरीतको क्रियाकलाप गरिएको पाएका छन् ।

जाउलाखेल स्थित सोवा हेल्थ केयर सेन्टर को औषधि पसलमा स्वास्थ्य मन्त्रीले म्याद नाघेको औषधि र फिजिसियन स्याम्पल अन्य औषधि सँगै राखेको पाए भने औषधि को भण्डारण कक्ष समेत चुहिरहेको देखे ।

यति मात्र नभइ स्वास्थ्य मन्त्री ले अल्का हस्पिटलको फार्मेसीमा समेत परामर्शको कमी, स्टोर व्यवस्थापनको कमी, एक्सपायर  औषधि र अन्य एकै ठाउँमा राखिएको, दर्ता नभएको औषधि समेत राखिएको लगायतका कमी कमजोरी आफ्नै आँखाले हेरे ।

स्वास्थ्य मन्त्री बस्नेतले फार्मेसीहरुमा व्यापक बेथिती रहेको , गलत तरिकाले औषधि वितरण गर्ने गरेको, आवश्यकता भन्दा बढी औषधि दिने गरेको लगायतका थुप्रै जन गुनासो सम्बोधन र न्यूनिकरण गर्ने हिसाबले अनुगमन शुरु गरिएको बताए ।

दिनभरिको औषधि अनुगमन पछि स्वास्थ्य मन्त्रालयमा अबेर राती सम्म स्वास्थ्य मन्त्री बस्नेत र औषधि व्यवस्था विभाग लगायतका सम्बन्ध विज्ञहरू बीच राजधानीका औषधि पसलहरूमा देखिएको विक्रिति विसंगति न्यूनिकरण वारे व्यापक छलफल भएको थियो । स्रोतको अनुसार स्वास्थ्य मन्त्रीले अनुगमन वाट आएको निचोड लाई फार्मेसीहरुमा सुधारको लागि कडाइ साथ लागू गराउने छन ।

स्वास्थ्य मन्त्री बस्नेत ले उपत्यका को तिन वटै जिल्लामा सोमवार औषधि पसल अनुगमन गर्न आफू समेत सम्मिलित २० वटा टोली परिचालित गरेका थिए भने देश भरीको सबै जिल्ला मा समेत एकै दिन अनुगमन थालिएको हो ।

औषधि व्यवस्था विभाग अन्तर्गत देश भरीमा करिब ३३ हजार औषधि पसल दर्ता रहे पनि सञ्चालनमा रहेका मध्ये २० प्रतिशत जति पसल दर्ता विना का हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!