नवजात शिशुका लागि विश्वकै पहिलो औलो औषधि स्वीकृत: डब्लुएचओको ऐतिहासिक कदम


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नवजात र साना शिशुहरूका लागि पहिलो पटक औलो (मलेरिया)को औषधिलाई पूर्व अनुमति (प्रिक्वालिफिकेशन) दिएको छ। डब्ल्यूएचओ ले यो महत्वपूर्ण घोषणा गरेको हो।

विशेष गरी दुई देखि पाँच किलो तौल भएका शिशुहरूका लागि विकास गरिएको यो औषधिले अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षा र प्रभावकारिताको मापदण्ड पूरा गरेको छ। यस अघि यस्ता शिशुहरूका लागि छुट्टै औषधि नहुँदा ठूला बालबालिकालाई दिइने औषधिको मात्रा मिलाएर दिने गरिन्थ्यो, जसले गर्दा स्वास्थ्यमा समस्या वा विषाक्तताको जोखिम हुने गर्थ्यो।

यो नयाँ औषधिको उपलब्धता सँगै अफ्रिकाका औलो मलेरिया प्रभावित क्षेत्रमा बर्सेनि जन्मने करिब ३ करोड शिशुहरूले सुरक्षित उपचार पाउने बाटो खुलेको छ।

नयाँ डायग्नोस्टिक परीक्षण पनि स्वीकृत

औषधि सँगै डब्ल्यूएचओ ले मलेरिया परीक्षणका लागि तीन वटा नयाँ  ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’ (आरडीटी) लाई पनि मान्यता दिएको छ। पछिल्लो समय औलोका केही परजीवीहरूमा वंशाणुगत परिवर्तन देखिएका कारण पुराना प्रविधिबाट गरिने परीक्षणमा उनीहरू ‘अदृश्य’ हुने र रिपोर्ट गलत आउने समस्या देखिएको थियो। नयाँ परीक्षण विधिले परजीवीको फरक प्रोटिन पहिचान गर्ने हुनाले अब रोग पत्ता लगाउन सहज र भरपर्दो हुनेछ।

औलोको वर्तमान अवस्था

डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नयाँ खोप, औषधि र परीक्षण प्रविधिको विकासले औलो अन्त्य गर्ने लक्ष्य अब असम्भव नरहेको बताएका छन । तर, यसका लागि राजनीतिक र आर्थिक प्रतिबद्धता उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

‘विश्व औलो रिपोर्ट २०२५’ का अनुसार सन २०२४ मा विश्व भर २८ करोड २० लाख मानिसमा संक्रमण देखिएको थियो भने ६ लाख १० हजार जनाको मृत्यु भएको थियो। यद्यपि, सन २००० यताको प्रयासले १४ करोड मानिसको ज्यान जोगाउन सफल भएको तथ्यांकले देखाउँछ। अहिले विश्वका २५ देशहरूले औलो विरुद्धको खोप अभियान सुरु गरि सकेका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!