‘२५ वर्षे अनुभवको सार : प्रा. डा. सरोजप्रसाद वझाको ‘मनोस्वास्थ्य’ सार्वजनिक’


काठमाडौं – वरिष्ठ मनोचिकित्सक प्रा. डा. सरोजप्रसाद वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तकको शुक्रबार काठमाडौंमा औपचारिक विमोचन गरिएको छ। त्रिवि शिक्षण अस्पतालको मनो चिकित्सा विभाग प्रमुख समेत रहेका डा. वझाले अढाई दशकको आफ्नो अनुभव समेट्दै मानसिक स्वास्थ्यका विविध आयाम बारे पुस्तकमा वर्णन गरेका छन्।

१७६ पृष्ठको यो पुस्तक मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै समाजमा रहेका भ्रम र नकारात्मक धारणा चिर्ने उद्देश्यले लेखिएको हो। रु ५०० मूल्य पर्ने पुस्तकबाट संकलित रकम च्यारिटीमा खर्चिने जानकारी लेखक डा. वझाले दिएका छन्।

नेपालका पहिलो प्रशिक्षित मनोचिकित्सक
पुस्तक विमोचन समारोहमा सहभागी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले डा. बझा नेपालमै प्रशिक्षित पहिलो मनोचिकित्सक रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्यलाई लिएर समाजमा अझै गहिरो कलंक (स्टिग्मा) रहेको बताए।

आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘एक व्यक्तिले डिप्रेसनको औषधि सेवन गरिरहेकाले उनका पत्नीले बिहे पछि तुरुन्तै साथ छाडिन्। यसले समाजमा मानसिक समस्या बुझ्ने दृष्टिकोण कति कमजोर छ भन्ने देखाउँछ।’
श्रेष्ठले सरकार मानसिक स्वास्थ्य प्रति संवेदनशील नभएको र यसका लागि पर्याप्त बजेट छुट्याउन नसकेको प्रति गुनासो गरे।

विज्ञहरूको मूल्याङ्कन
चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. मोहनराज शर्माले पुस्तक सामान्य पाठक देखि स्वास्थ्य क्षेत्रका विज्ञहरुका लागि पनि उपयोगी हुने बताए। ‘डा. वझाले विषयलाई सरल ढंगले सुरु गरेर क्रमशः गहिराइमा लैजानुभएको छ,’ उनले भने।

नेपाल मनोचिकित्सक संघका अध्यक्ष प्रा. डा. रवि शाक्यले मानसिक रोग व्यापक भए पनि मानिसहरू अझै खुलस्त बोल्न हिच्किचाउने उल्लेख गरे। उनले भने, ‘डिप्रेसन, एन्जाइटीजस्ता समस्या बारे सामान्य मानिस मात्र होइन, चिकित्सक समुदायमै पनि पर्याप्त चेतना छैन।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!