डा. टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त


काठमाडौं – स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै बाराकोटीलाई नयाँ जिम्मेवारी दिएका हुन्।

स्वास्थ्य मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका रूपमा कार्यरत डा. बाराकोटीले बुधबार महानिर्देशक पदको पत्र बुझ्ने सचिवालय स्रोतले जनाएको छ ।

यस अघि स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्यरत डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि सो पद रिक्त भएको थियो। रिक्त स्थान पूर्ति गर्न मन्त्री पौडेलले डा. बाराकोटीलाई नयाँ प्रमुखको रूपमा पठाउने निर्णय गरेका हुन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!