पदमराज जोशीलाई ‘राधा क्यान्सर सचेतना तथा महिला हिंसा विरुद्ध को राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने


काठमाडौं – स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएका वरिष्ठ पत्रकार पदमराज जोशी ‘राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ का लागि छनोट भएका छन्।

राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको २० हजार रुपैयाँ राशीको यो पुरस्कार यस वर्ष ‘हेल्थ टुडे’ पत्रिकाका सम्पादक जोशीलाई प्रदान गर्ने निर्णय गरेको हो। फाउण्डेशनले विभिन्न आवेदक मध्येबाट जोशीलाई छनोट गरेको जनाएको छ।

स्वास्थ्य पत्रकारितामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय जोशीले पत्रकारिताको माध्यमले स्वास्थ्य समस्याका बारेमा जनचेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

पुरस्कार वितरण समारोह आगामी फागुन ९ गते शुक्रबार बिहान ७ बजे नवलपुर जिल्लाको कावासोती–२, सिमलघारीस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा आयोजना गरिने फाउण्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिएका छन्।

फाउण्डेशनका अनुसार यो पुरस्कार स्वास्थ्य तथा सामाजिक विषयमा क्रियाशील पत्रकारहरूको योगदान लाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!