काठमाडौँ विश्वविद्यालय लाई योग्यताको मापदण्ड पुनःसंशोधन गर्न चिकित्सक संघ को माग


काठमाडौँ – नेपाल चिकित्सक संघले काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामा राखिएको न्यूनतम शैक्षिक योग्यता ‘विद्यावारिधी’ को मापदण्ड प्रति गम्भीर आपत्ति जनाएको छ।

चिकित्सक संघले मिति २०८१ पौष १८ गते प्रकाशित विश्वविद्यालयको सूचनालाई औल्याउँदै उक्त मापदण्डले चिकित्सा क्षेत्रमा उच्च शैक्षिक उपाधि प्राप्त व्यक्तिहरूलाई अन्याय गरेको जनाएको छ।

काठमाडौँ विश्वविद्यालय ले उपकुलपति नियुक्तिका लागि विद्यावारिधी वा सो सरहको उपाधिलाई न्यूनतम योग्यताको रूपमा तोकेको छ ।

तर चिकित्सक संघका अनुसार मेडिकल र डेन्टल क्षेत्रका वरिष्ठ प्राध्यापक हरूले हासिल गर्ने एमडी, एमएस, एमडीएस उपाधि लाई देशभर उच्च शैक्षिक योग्यता मानिँदै आएको छ ।

संघको भनाइमा, विश्वविद्यालय ले  ‘विद्यावारिधी’ लाई मात्र प्राथमिकता दिएर अन्य उपाधि प्राप्त व्यक्ति हरूलाई अवसरबाट वञ्चित गराएको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा एमडी, एमएस, एमडीएस उपाधि प्राप्त प्राध्यापकहरूले डिएम, एमसीएच र पिएचडी  तहको अध्ययन, अध्यापन, र सुपरिवेक्षण गरिरहेको उल्लेख छ।य स्तो अवस्थामा यी उपाधिहरूलाई समेत उच्च शैक्षिक योग्यताको मान्यता दिनुपर्ने संघको धारणा छ।

संघले काठमाडौँ विश्वविद्यालयलाई जारी गरिएको सूचना र कार्य विधिलाई तुरुन्त संशोधन गरी पुनःसूचना प्रकाशन गर्न जोडदार माग गरेको छ। विज्ञप्तिमा चिकित्सा शिक्षामा पूर्वाग्रह रहित र समावेशी प्रक्रियाका लागि सबै पक्षको सम्मान हुने व्यवस्था गर्न आग्रह गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!