विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन


काठमाडौं– विश्वकै सबैभन्दा वृद्ध व्यक्ति अब हामी माझ रहेनन् । दुनियाँ कै सबै भन्दा वृद्ध महिला टोमिको इतोउको निधन भएको छ । जापानकी निवासी टोमिकोले ११६ वर्षको उमेरमा आफ्नो अन्तिम श्वास लिइन् ।

उनको निधन डिसेम्बर २९ तारिख मा जापानको हृयोगो प्रिफेक्चरको अशिया शहरमा रहेको एक केयर होममा भएको हो । यस बारे जानकारी अशिया शहरका अधिकारी योशित्सुगु नागाटाले दिएका छन् ।

टोमिकोको जीवन यात्रा 

टोमिको इतोउकाको जन्म सन १९०८ मे २३ मा जापानको ओसाका शहरमा भएको थियो । उनी विद्यालयमा भलिबल खेल्न मन पराउने गर्थिन्। २० वर्षको उमेरमा उनले विवाह गरिन् र दुई छोरा र दुई छोरीकी आमा बनिन् । हाल उनका एक छोरा र एक छोरी जीवित छन् । उनका पाँच जना नाति नातिना पनि छन् । टोमिकोका श्रीमानको निधन १९७९ मा भएको थियो । टोमिकोले जीवनमा धेरै प्रेरणा दायी कार्य गरेकी छिन्, जसमा ३,०६७ मिटर अग्लो माउन्ट ओन्टेकमा दुई पटक चढाइ गर्नु विशेष छ।

गिनिज वर्ड रेकर्डमा नाम 

टोमिको इतोउकाको नाम गिनिज वर्ड रेकर्डमा समावेश गरिएको थियो। उनले यो उपाधि २०२४ को सेप्टेम्बरमा प्राप्त गरेकी थिइन् । यस अघि स्पेनकी मारिया ब्रान्यास मोरेराले यो कीर्तिमान राखेकी थिइन् ।

अब दुनियाँकै सबैभन्दा वृद्ध व्यक्ति को? 

टोमिकोको निधन पछि, ब्राजिलकी इनाह कानाबारो लुकास अब दुनियाँकै सबै भन्दा वृद्ध व्यक्ति बनेकी छिन् । ११६ वर्षीया इनाहको जन्म टोमिको भन्दा १६ दिन पछि, १९०८ जुन ८ मा भएको थियो । उनी ब्राजिलकी नन हुन् र चाँडै उनको नाम पनि गिनिज वर्ड रेकर्डमा दर्ता गरिनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!