डेगु ज्वरोमा मेवा पातको रस धेरै प्रभावकारी:डा.राम आधार यादव’

धेरै अनुसन्धानहरूले के देखाएको छ भने मेवाको फातले गर्दा शरिरमा ‘हेमोलाइसिस’ लाइ रोक्छ, अर्थात यसले रक्त कोषिका टुत्रिनु वाट रोक्छ । अर्को एउटा अध्ययनले के देखाएको छ भने ‘थ्रम्बोसाइटिक एजेन्ट’, बढाउँछ । यो पातको रसले प्लेटलेट्स काउन्टलाइ पनि बढाएको मुसामा गरिएको अनुसन्धानमा देखिएको छ ।मेवा पातको रसको राम्रो प्रभाव देखिएको छ । यसलाई हाल आयुर्वेद र सिद्घ चिकित्सा अन्तर्गत डेगु ज्वरोमा ‘स्ट्रोगली’ प्रस्तावित गरिएको छ ।


मेवाको पातको वारेमा वैज्ञानिक समाजमा विवाद(कन्ट्रोभर्सी) भए पनि यसको रस उचित मात्रामा लियो भने डेगु ज्वरोमा राम्रो काम गर्छ ।

धेरै अनुसन्धानहरूले के देखाएको छ भने मेवाको पातले गर्दा शरिरमा ‘हेमोलाइसिस’ लाइ रोक्छ, अर्थात यसले रक्त कोषिका टुक्रिनु वाट रोक्छ ।

अर्को एउटा अध्ययनले के देखाएको छ भने यसले ‘थ्रम्बोसाइटिक एजेन्ट’, बढाउँछ । यो पातको रसले प्लेटलेट्स काउन्टलाइ पनि बढाएको मुसामा गरिएको अनुसन्धानमा देखिएको छ ।

यसैले हाल डेगु महामारी जस्तै फैलिरहेको समयमा मेवाको पातको रस दिन सकिन्छ । उसो आधुनिक चिकित्सा विज्ञानमा समेत डेगुको कुनै उपचार छैन । यसमा विरामीमा जे लक्षण देखिन्छ त्यसलाई हटाउने उपचार अर्थात ‘सिम्प्टोम्याटिक ट्रिटमेन्ट’, मात्र गरिन्छ ।

मेवाको पातको रस डेगु ज्वरो भएकाहरुलाई सहज रुपमा दिन सकिन्छ । तर यसलाई २४ घन्टामा एक जना वयस्क व्यक्तिलाई २० मिलिलिटर देखी ३० मिलिलिटर सम्मको एक मात्रा गरेर दिन सकिन्छ ।

यसको लागि हामी मेवाको पातलाई सफा गरेर यसको स्वक्ष रुपमा रस निकाल्नु पर्छ । वयस्क व्यक्तिलाई सामान्य तया एक दिनमा दुइ पटक यो रस ३० एमएल सम्म दिदा फायदा पुग्छ ।

कहिले काही यसको पार्श्व प्रभाव (साइड इफेक्ट)को रुपमा खाना पच्नमा गडबडी(इनडाइजेसन) वाकवाकी आदि हुन सक्छ । यस्तो अवस्थामा यो पातलाई आयुर्वेद चिकित्सकको सल्लाहमा तिन चार वटा स्वरुपमा प्रयोग गर्न सकिन्छ ।

कसैले यो रसलाई सहन गर्न नसके के भनौ तर यदि अप्ठयारो भएन भने मेवा पातको रस डेगु संक्रमित लाइ दिदा फायदा नै पुग्छ ।

मेवा पातको रसको साइड इफेक्ट को रुपमा कसै कसैलाई वाकवाकी लाग्ने समस्या देखियो भने यस्तो अवस्थामा आयुर्वेदका विज्ञको सल्लाह लिएर अन्य विकल्पमा जान सकिन्छ ।

पछिल्लो समय मेवा पात डेगु उपचारमा धेरै प्रभावकारी मानिएको छ । यसको इतिहास अन्तर्गत छिमेकी राष्ट्र भारतको केरल र तमिलनाडूमा सिद्घचिकित्सामा मेवा पातको प्रयोग भएको हो । सिद्घ चिकित्सा आयुर्वेद संग मिल्दो भएको ले यसको विस्तार चारै तर्फ भयो ।

यसको शुरुवात तमिलनाडू र केरला वाट हुदै हाल नेपाल लगाउन धेरै ठाउंमा फैलिएको छ । केरलमा मेवा पातको रसको राम्रो प्रभाव देखिएको छ । यसलाई हाल आयुर्वेद र सिद्घ चिकित्सा अन्तर्गत डेगु ज्वरोमा ‘स्ट्रोंगली’ प्रस्तावित गरिएको छ ।

( डा.यादब राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर, काठमाडौका निर्देशक हुन ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!