भयावह बन्दै प्लास्टिक प्रदूषण

‘चिकित्सक संघको सरकार सँग माग : प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउ’

‘प्‍लास्टिक प्रदूषणले वातावरण तथा मानवीय स्वास्थ्यमा गम्भीर असर, क्यान्सर रोगको जोखिम बढ्ने खतरा’


काठमाडौं– नेपाल चिकित्सक संघ ले प्लास्टिक जन्य वस्तुहरूको प्रयोगमा रोक लगाउन सरकारलाई आग्रह गरेको छ । चिकित्सक संघले मंगल वार विज्ञप्ति जारी गर्दै नेपाल सरकार लाई प्लास्टिक जन्य वस्तुहरूको प्रयोगमा रोक लगाउन र आम नागरिक लाई वातावरण संरक्षण गर्न अपिल समेत गरेको छ ।

संघका महासचिव डा. सन्जिव तिवारीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा हाल दिन प्रति दिन बढि रहेको प्लास्टिक तथा प्लास्टिक बाट बनेका झोलाहरूका साथै अन्य प्लास्टिक जन्य वस्तुहरू को प्रयोगले वातावरण तथा मानवीय स्वास्थ्यमा गम्भीर असर पुगिरहेको उल्लेख छ  ।

प्लास्टिक जन्य वस्तुको अत्याधिक प्रयोगले फोहोर व्यवस्थापनमा समस्या आई जल तथा वायु प्रदूषण बढ्नु का साथै माटोको उर्वरा शक्तिमा कमी हुन गई खेती योग्य जमिनको उत्पादकत्वमा समेत ह्रास आइरहेको चिकित्सक संघले जनाएको छ ।

यसले निम्त्याउने वातावरणीय असन्तुलनले मानिस मात्र नभई अन्य जीव जन्तु तथा वनस्पतिहरूमा पनि नकारात्मक असर पुगिरहेको अवस्था वारे औँल्याउँदै चिकित्सक संघले प्लास्टिक बाट सिर्जित प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्न गई क्यान्सर जस्तो जटिल रोगको जोखिम पनि बढ्ने खतरा देखिएको समेत जनाएको छ ।

वातावरण तथा मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याउने प्लास्टिक जन्य वस्तुहरूको प्रयोगमा रोक लगाउन सरकार सँग माग गर्दै चिकित्सक संघ ले प्लास्टिक जन्य वस्तुहरूको उपभोग बन्द गरी वातावरण संरक्षणमा योगदान पुर्याउन नेपाली जनता  समक्ष अनुरोध समेत गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!