वीर अस्पतालमा एन्जियोग्राफी, एन्जियोप्लाष्टी, स्टेन्टिङ्ग लगायतका सेवा शुरु हुने


काठमाडौं –एक सय ३३ वर्षको इतिहास बोकेको मुलुक कै सबै भन्दा जेठो  वीर अस्पतालमा मुटु उपचार सँग सम्बन्धित एन्जियोग्राफी, एन्जियोप्लाष्टी, स्टेन्टिङ्ग लगायतका सेवा शुरु हुने भएको छ ।

गत बुधवार देखी डेढ दशक देखी रोकिएको मुटुको शल्यक्रिया शुरु भएको वीरमा आगामी तिन महिना भित्र एन्जियोग्राफी, एन्जियोप्लाष्टी, स्टेन्टिङ्ग लगायतका मुटु रोग सँग सम्वन्धित थप सेवा शुरु हुने भएको हो ।

तिन महिना पछि अस्पतालमा क्याथ ल्याब समेत सञ्चालित हुने जनाउदै वीरका निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रा.डा.भुपेन्द्र कुमार बस्नेतले नेपालहेल्थप्रेस सँग भने–‘एन्जियोप्लाष्टि, स्टेन्टिङ्ग, एन्जियोग्राफी लगायतका मुटु सँग सम्बन्धित थप सेवा ३ महिना पछि शुरु हुने छ ।’

मुटुको उपचार सँग सम्बन्धित मेसिनहरू दुई महिना भित्रै नै आइ सक्ने र आगामी तिन महिना भित्र विभिन्न प्रकारका मुटु उपचार सेवा समेत शुरु हुने उनले बताए ।

मुटु रोग विशेषज्ञ डा.समिर पौडेलले मुलुकमा सबैको पहुँचमा भएको अस्पतालमा हुने शल्य क्रिया लगायतका मुटु उपचारको शुल्क समेत अन्यत्र भन्दा सस्तो हुने जनाए । ‘वीरले मुटु उपचार सेवा भए सम्म निःशुल्क नभए न्यूनतम शुल्क लिएर उपचार सेवा दिने छ’, डा.वस्नेतले भने ।

ज भन्दा ५७ वर्ष अधि नै वीरमा मुटुको शल्यक्रिया भएको थियो । मुलुकमा सवै भन्दा पहिले विदेशबाट आएका मुटु शल्य चिकित्सकको टोलीको सहयोगमा वीर अस्पताल मा सन १९६५ मा मुटुको शल्यक्रिया गरेको वीर का कार्डियोथोरासिक सर्जन डा.दिक्षा जोशीले बताइन ।

सन १९९७ देखी वीरका कार्डियाक सर्जरी टिमले आफै मुटु शल्यक्रियाको सुरुवात गरेका थिए । सन १९६५ देखी सन २००८ सम्ममा वीरमा ९८ वटा ओपेन हर्ट सर्जरी भएको थियो । सबै भन्दा पहिले मुटु रोग सेवा समेत वीर मै शुरु भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!