वीर अस्पतालमा मुटुको शल्यक्रिया शुरु


काठमाडौं– वीर अस्पतालमा १४ वर्ष भन्दा बढी समय देखी बन्द रहेको मुटुको शल्यक्रिया पुनः शुरु भएको छ । सन २००८ देखी जनशक्ति लगायतका अभावको कारण बीरमा मुटुको शल्यक्रिया बन्द भएको थियो ।

मुटुको प्वाल टाल्ने शल्यक्रिया गरिएको एक साता पछि एक जना महिलालाई अस्पतालले बुधवार डिस्चार्ज गरेको हो । उक्त शल्यत्रिया मा वीर अस्पतालका शल्यक्रिया विभाग प्रमुख प्रा.डा.किरण श्रेष्ठ, कार्डियोथोरासिक सर्जन प्रा.डा दिनेश चापागाइँ र दिक्षा जोशी, एनेस्थेसियोलजिष्ट प्रा.डा.रवि श्रेष्ठ लगायतका को संलग्नता थियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विज्ञले समेत शल्यक्रियामा सघाएका थिए ।

‘अब हामी विस्तारै आफ्नो टिम लाई बलियो बनाउँदै मुटुको शल्यक्रिया लाई निरन्तरता दिने छौ.’, कार्डियोथोरासिक सर्जन डा.जोशीले नेपालहेल्थप्रेस सँग भनिन–‘शल्यक्रिया सेवा लाई दिगो र थप सर्व सुलभ बनाउन सरकारको थप सहयोग आवश्यक छ ।’

मुटू रोग विशेषज्ञ डा.समिरकुमार पौडेलले बीरमा मुटुको शल्यक्रिया सुचारु हुँदा गरिबी रेखा तल जीवन यापन गर्ने नेपाली लाई थप सहज हुने दाबी गरे ।

वीरका  निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रा.डा.भुपेन्द्र कुमार बस्नेतले भए सम्म निःशुल्क वा न्यूनतम शुल्कमा मुटुको शल्यक्रिया गरिने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!